पार्टी महाधिवेशनका लागि सबैले दबाब दिन आवश्यक : कोइराला « Khabarhub

पार्टी महाधिवेशनका लागि सबैले दबाब दिन आवश्यक : कोइराला


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनका लागि पार्टी नेता तथा कार्यकर्ताले दबाब दिनुपर्ने अवस्था आएको बताएका छन् ।

उनले महाधिवेशनका लागि दैनिक सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर देउवालाई दबाब दिन र आवाज उठाउन आग्रह गरेका हुन् ।

कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले शनिबार आयोजना गरेको नेपाली ‘कांग्रेसभित्र अपरिहार्यता, सहमति, सहकार्य र एकता आजको आवश्यकता’ विषयक अन्तरक्रियामा नेता कोइरालाले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने र त्यसको प्रत्यक्ष असर देशमा पर्ने भएकाले महाधिवेशन ढिलो गर्न नहुने बताए।

उनले भने, ‘हामी अधिवेशनको सङ्घारमा छौँ । छिटोभन्दा छिटो महाधिवेशन नभए कांग्रेस कमजोर हुँदै जान्छ । त्यसैले सबैले हरेक दिन सामाजिक सञ्जालमा समयमै महाधिवेशन हुनुपर्छ भनेर लेख्न थाल्नुस्, दबाब बढाउनुस् ।’

नेता डा कोइरालाले विसं २०८४ पछि मात्रै महाधिवेशन गर्ने भन्ने चर्चा पार्टीभित्र सुनिन थालेकामा आपत्ति जनाउँदै त्यसरी पार्टी चल्न नसक्ने स्पष्ट पारे । साथै, पार्टीको अनुशासन समिति नै गुटगत प्रभावमा परेको र ‘नोट अफ डिसेन्ट’लाई समेत मान्यता नदिएको उनको आरोप थियो ।

डा. कोइरालाले पार्टीभित्र सहमति, सहकार्य र सङ्गठनात्मक एकता अनिवार्य रहेको उल्लेख गर्दै त्यसको सुरुआत सभापतिबाटै हुनुपर्नेमा जोड दिए। कांग्रेसलाई एकढिक्का बनाएर अगाडि बढाउन १५औँ महाधिवेशन समयमै हुनुपर्ने उनको भनाइ थियो । 

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ६ : ०२ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी