थाइल्याण्डमा आयोजित प्रदर्शनीमा हङकङ, उइग्युर र तिब्बती कलाकारको कला हटाइएपछि… « Khabarhub

थाइल्याण्डमा आयोजित प्रदर्शनीमा हङकङ, उइग्युर र तिब्बती कलाकारको कला हटाइएपछि…


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थाइल्याण्डमा आयोजित प्रदर्शनीमा हङकङ, उइग्युर र तिब्बती कलाकारको कला हटाइएपछि चौतर्फी आलोचना भएको छ । थाइल्याण्डको बैंकक कला तथा सँस्कृति केन्द्रमा बर्मेली कलाकार साईले कला प्रदर्शनी आयोजना गरेका थिए ।

उक्त प्रदर्शनीमा चीन, रुस र इरानका निर्वासित कलाकारको कला प्रदर्शन गरिएको थियो । अधिनायकवादी सरकारको दमनकारी नीतिबारे उक्त कला प्रदर्शनी आयोजना गरिएको बेलायती अखबार द इन्डिपेन्डेन्टले जनाएको छ ।

तर, उक्त प्रदर्शनीबाट हङकङ, उइग्युर र तिब्बती कलाकारको कला हटाइएको छ । प्रदर्शनीबाट ती कला हटाउनु तीन दिनअघि चिनियाँ राजदूतावासका एक जना अधिकारीले प्रदर्शनीको भ्रमण गरेका थिए ।

चीनको दबाबका कारण ती कलाकारको कला हटाइएको आरोप लागेको छ । सो प्रदर्शनीबाट उइग्युर र तिब्बती झण्डा, निर्वासित तिब्बती परिवारबारेको उपन्यास र तिब्बती धर्मगुरु दलाई लामालाई सम्बोधन गर्दै कलाकार तेन्जिन मिङ्युर पाल्द्रोनले निर्माण गरेको चलचित्र हटाइएको द इन्डिपेन्डेन्टले जनाएको छ ।

त्यसैगरी, सो प्रदर्शनीमा तिब्बत, हङकङ र उइग्युर लेखिएका शब्दमा पनि कालो पोतिएको छ । कलाकार साईले चिनियाँ प्रतिक्रियाको चर्को आलोचना गरेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ८ : ४८ बजे

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा