थाइल्याण्डमा आयोजित प्रदर्शनीमा हङकङ, उइग्युर र तिब्बती कलाकारको कला हटाइएपछि… « Khabarhub

थाइल्याण्डमा आयोजित प्रदर्शनीमा हङकङ, उइग्युर र तिब्बती कलाकारको कला हटाइएपछि…


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थाइल्याण्डमा आयोजित प्रदर्शनीमा हङकङ, उइग्युर र तिब्बती कलाकारको कला हटाइएपछि चौतर्फी आलोचना भएको छ । थाइल्याण्डको बैंकक कला तथा सँस्कृति केन्द्रमा बर्मेली कलाकार साईले कला प्रदर्शनी आयोजना गरेका थिए ।

उक्त प्रदर्शनीमा चीन, रुस र इरानका निर्वासित कलाकारको कला प्रदर्शन गरिएको थियो । अधिनायकवादी सरकारको दमनकारी नीतिबारे उक्त कला प्रदर्शनी आयोजना गरिएको बेलायती अखबार द इन्डिपेन्डेन्टले जनाएको छ ।

तर, उक्त प्रदर्शनीबाट हङकङ, उइग्युर र तिब्बती कलाकारको कला हटाइएको छ । प्रदर्शनीबाट ती कला हटाउनु तीन दिनअघि चिनियाँ राजदूतावासका एक जना अधिकारीले प्रदर्शनीको भ्रमण गरेका थिए ।

चीनको दबाबका कारण ती कलाकारको कला हटाइएको आरोप लागेको छ । सो प्रदर्शनीबाट उइग्युर र तिब्बती झण्डा, निर्वासित तिब्बती परिवारबारेको उपन्यास र तिब्बती धर्मगुरु दलाई लामालाई सम्बोधन गर्दै कलाकार तेन्जिन मिङ्युर पाल्द्रोनले निर्माण गरेको चलचित्र हटाइएको द इन्डिपेन्डेन्टले जनाएको छ ।

त्यसैगरी, सो प्रदर्शनीमा तिब्बत, हङकङ र उइग्युर लेखिएका शब्दमा पनि कालो पोतिएको छ । कलाकार साईले चिनियाँ प्रतिक्रियाको चर्को आलोचना गरेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ८ : ४८ बजे

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को

निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन तथा

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक

विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ