चाडपर्वमा यातायात सेवा प्रभावकारी बनाइँदै, भाडा नबढाइने « Khabarhub

चाडपर्वमा यातायात सेवा प्रभावकारी बनाइँदै, भाडा नबढाइने


३१ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी बनाउनका लागि सबै तयारी भएको जनाएको छ । 
 
मंगलबार विभागमा यातायात व्यवसायी लगायत सरोकारवाला निकायसँगको छलफलका क्रममा विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा सुरक्षित यात्रा गराउनका लागि विभागका तर्फबाट सबै तयारी भएको बताएका हुन् । 

उनले सडक क्षेत्रको सुशासन कायम गरेर यात्रुहरूलाई सुरक्षित साथ गन्तव्यतर्फ पुराउनका लागि सबै निकायबीच सहकार्य जरुरी रहेको उल्लेख गरे । 

चाडपर्वमा समयमा सडक अवरुद्ध हुन नदिन ठाउँ ठाउँमा सडक विभागसँगको सहकार्यमा डोजर लगायतको व्यवस्था गरिने उनले बताए । पोखरेलले भाडा दरलाई पारदर्शी बनाउन यात्रु सहायता कक्ष लगायत विभिन्न स्थानमा भाडा दरको बोर्ड राखिने उल्लेख गरे । 

छलफल कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो तीन दिनमा करिब चार लाख यात्रुले उपत्यका छाडेको जानकारी दिए । 

यसअघिको वर्षमा घटस्थापनादेखि फूलपातीसम्म अत्याधीक चाप देखिए पनि यस वर्ष अहिलेदेखि नै यात्रुको चाप बढेको उनले बताए । सिटौलाले यात्रुहरूलाई सेवा दिन यातायात व्यवसायीहरू तयार रहेको भन्दै सरकारका निकायहरू पनि सेवाका लागि तयार रहनुपर्ने जिकिर गरे । 

त्यस्तै यातायात व्यवसायीहरूले अहिलेको विषम परिस्थितिमा भाडादर वृद्धि नहुने र सेवामा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अग्रिम टिकट खुला गर्ने भन्दा पनि सवारी साधनको उपलब्धताका आधारमा टिकट काटिने बताए । 

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ३ : १० बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब