स्रोत जुगाडमा अन्तरिम सरकार : शहरी मन्त्रालयका कयौँ योजना काटिन सक्ने
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चालु आर्थिक वर्ष ०८२/८३ का लागि यस अघिको सरकारले अगाडि सारेका कयौँ टुक्रे आयोजना कटौती गर्ने जनाएको छ ।

सोमबार अर्थमन्त्रीको कार्यभार सम्हाल्दै रामेश्वर खनालले स्रोत व्यवस्थापनको लागि आयोजना कटौती गर्ने बताइसकेका छन् । उनले नेताको दबाबमा अगाडि सारिएका, कार्यान्वयनको लागि अनुपयुक्त हुने र टुक्रे प्रकृतिका आयोजना काटेर एक खर्ब रुपैयाँ जतिको स्रोत व्यवस्थापन हुनसक्ने बताएका थिए ।
मन्त्री खनालको भनाइअनुसार; चालु आवमा प्रदेश र स्थानीय सरकारको कार्यक्षेत्र मिचेर विशेषगरी सहरी, भौतिक पूर्वाधार र ऊर्जा तथा जलस्रोत मन्त्रालयले अगाडि सारेका हजारौँ आयोजना कटौती हुन सक्छ ।
शहरी विकासका काटिनसक्ने आयोजना
चालु आर्थिक वर्षका लागि सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि एक खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । छ हजार ७५५ वटा आयोजना तथा कार्यक्रमको लागि बजेट विनियोजन गरेको छ ।
मन्त्रालयले एक हजारदेखि १० लाख रुपैयाँभन्दा कम लागत भएका ७६० वटा भन्दा धेरै आयोजनामा बजेटको कनिकाछराइ गरेको छ । त्यस्तै, मन्त्रालयले अगाडि सारेका अधिकांश आयोजना एक करोड रुपैयाँभन्दा कम लागतका छन् ।
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा असोज ५ सम्म आवेदन दिन सकिने
दसैँसम्म मितेरी पुल निर्माण हुने
अर्थमन्त्री खनालले पुँजीबजारमा बिचौलियाको नेटवर्क भत्काउलान् ?
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अर्थमन्त्री नियुक्त रामेश्वर खनालप्रति पुँजीबजारले प्रतिक्रिया देखाउन अझै दुई दिन बाँकी छ । जेन–जी आन्दोलनपछि यतिखेर शेयरबजार बन्द छ ।

खनालले अर्थ मन्त्रालय सम्हालेसँगै आम मानिस अर्थतन्त्र सुधार हुने अपेक्षामा छन् । नेपालको आर्थिक अवस्थाबारे भलिभाँती जानकार, अर्थ मन्त्रालयमा समेत काम गरेको अनुभवका आधारमा पनि खनालप्रति आम मानिसहरूले आशा व्यक्त गरेका हुन् ।
अघिल्लो सरकारलाई विज्ञको रूपमा देशको आर्थिक सुधार गर्ने सुझाव दिएका खनाल अहिले आफैँ त्यो सुझाव कार्यान्वयन गर्ने ठाउँमा आइपुगेका छन् । खनालले अर्थतन्त्रसँगै शेयरबजारका समस्याबारे पनि नजिकबाट बुझेका छन् ।
अर्थमन्त्रीको रूपमा खनाल आएसँगै शेयर लगानीकर्ताले पनि उनीसँग केही अपेक्षा गरेको देखिएको छ । उता, पुँजीबजारमा बिचौलियाको रूपमा काम गरिरहेकाहरू भने त्रसित देखिन्छन् ।
असोज २ गतेबाट नेप्सेमा सेयर कारोबार हुने
सानिमा मिडिल तमोर हाइड्रोपावरको वार्षिक साधारणसभा असोज २९ गते
‘भोजपुरे खुकुरी’को माग उच्च : बनाउने कालीगढको चरम अभाव
विदेशमा रहेका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले एक खर्ब ७७ अर्ब ४१ करोड बराबरको रकम देशभित्र पठाएका छन् ।
आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव सात प्रतिशतले वृद्धि भई एक खर्ब ३६ अर्ब ६० करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई एक अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५ दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) एक खर्ब ९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय एक खर्ब ४८ अर्ब आठ करोड रहेको थियो ।
झापामा एक सय ५२ भौतिक संरचनामा क्षति
सडकको अवस्था हेरेर अग्रिम ‘टिकट बुकिङ’ खुला गरिने
हाकिम बन्ने त्यो लिगलिगे दौड, अहिले मन्त्री र कर्मचारी
भदौ २४ र २५ गते भएको जेन–जी आन्दोलन क्रममा देशकै ठूला पार्टीहरू नेपाली काँग्रेस र नेकपा (एमाले) गठजोडमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो ।

ओली नेतृत्वको सरकारले प्रदर्शनको पहिलो दिन सोमबार गरेको बर्बर दमनका कारण मङ्गलबार देशको सम्पूर्ण सुरक्षा संयन्त्रले नै थेग्न नसक्नेगरी अराजक प्रदर्शन भयो । छानिछानी नेताका घर जलाउन थालेपछि मौजुदा प्रमुख दलका नेताहरू भागेर सेनाको शरणमा पुगे । ती मध्ये अधिकांश नेता अहिलेसम्म पनि विभिन्न सैनिक अखडामा आश्रयमै छन् ।
सरकार ढलेको, मौजुदा दल दुला पसेको र सडकराज हाबी भइरहेका बेला देशमा राजनीतिक शून्यता चिर्न राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई गत शुक्रबार बेलुकी प्रधानमन्त्री नियुक्त गरे ।
प्रधानमन्त्री नियुक्त भएको तेस्रो दिन अर्थात् सोमबार कार्कीलाई सघाउन मन्त्रीमण्डलमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध–निर्देशक कुलमान घिसिङ विभागीय मन्त्री नियुक्त भए । घिसिङले यतिखेर ऊर्जा, जलस्रोत तथा सिँचाइसहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएका छन् ।
चाडपर्वमा यातायात सेवा प्रभावकारी बनाइँदै, भाडा नबढाइने
प्रतिक्रिया