चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो « Khabarhub

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ। स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो।

विगतमा फागुन/चैतमा फुल्ने गरेको भए पनि यसवर्ष भने असोजमै पलम फुल्न थालेकाले आफूहरू अच्चमित भएको स्थानीय प्रविर पुनले बताए। “विगतमा फागुन÷चैतमा फूल फुल्थ्यो। यसवर्ष भने असोजमै फुल्न थालेको छ”, उनले भने।

यहाँ प्रायःसबै घरमा पलमका बोट छन्। तीमध्ये पुनले लगाएको फूल फुल्न थालेको हो। गएको वर्ष पनि छिल्लीकोटमा पुसमै काफल पाकेको थियो।

वनस्पतिविज्ञ खेमराज शर्मा यसरी समयभन्दा अगाडि फुल्नु जलवायु परिवर्तनको असर रहेको बताउँछन्। “तापक्रम उच्च हुँदा यसरी समयभन्दा अघि फुल्ने हुन्छ। हाल हरेक वनस्पतिमा यस्तै समस्या देखिएको छ”, उनले भने।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ७ : १६ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द