कांग्रेस केन्द्रीय समिति बैठक बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै छ । मंगलबारबाट सुरु भएको बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्न लागेको हो । बैठक केन्द्रीय कार्यालयका सानेपामा बस्नेछ ।

केन्द्रीय समिति बैठकअघि बिहीबार बिहान कार्यसम्पादन समितिको बैठक बस्दैछ। कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने पार्टी केन्द्रीय सचिवालयले जानकारी गराएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएपछि बैठक बस्न लागेको हो । आजको बैठकको अध्यक्षता कार्यवाहक सभापति खड्काले गर्नेछन् ।

बुधबार मात्र कांग्रेस नेता गुरुराज घिमिरे लगायतले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसमेत बुझाइसकेका छन् । बैठकमा यो विषयलेसमेत महत्त्व पाउने देखिन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ८ : ५२ बजे

नेतान्याहु ट्रम्पको शान्ति बोर्डमा सहभागी

एजेन्सी – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड

दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा

वालिङ– दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी

चुनावी मैदानमा चार पूर्वप्रधानमन्त्री : जोगाउन सक्लान् त विरासत ?

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ४ जना पूर्व

सरकारमा रहेर सेवा गर्नु गौरव र जिम्मेवारी दुवै : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले निष्पक्ष,

इन्दिरा रानामगरको घरमै पुगेर समर्थन गर्दै बालेन

दमक– झापा–५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का