राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग « Khabarhub

राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले बिहीबार राजनीतिक दलसँग छलफल गर्दैछ । सरकारले घोषणा गरे बमोजिम फागुन २१ गतेको चुनावको तयारीमा लागेको आयोगले आज राजनीतिक दलसँग छलफल गर्न लागेको हो ।

आयोगले बिहीबार बिहान ११ः३० बजे कार्यालयमा छलफलका लागि विघटित प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दललाई बोलाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन आयोगमा दर्ता भएका र कुनै पनि वडास्तरमा एक जना मात्र जनप्रतिनिधि चुनिएका सबै दलका प्रतिनिधिलाई छलफल र राय परामर्शका लागि बोलाइएको छ ।

आयोगमा १२२ वटा दल दर्ता भएका छन् । आयोगले नयाँ दल दर्ताका लागि आह्वानसमेत गरेको छ । फागुन २१ को चुनावमा प्रतिस्पर्धा गर्न कात्तिक ३० गते अगाडि नै दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने प्रावधान रहेको छ ।

आयोगले दल दर्ता प्रक्रिया र चुनावको वातावरण बनाउन छलफलका लागि दल र दलका प्रनिनिधिलाई बोलाएको हो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १० : २९ बजे

बाढी प्रभावितलाई उबरको ५० लाख सहयोगसहित ‘राइड फर नेपाल’ अभियान सुरु

काठमाडौं– बाढी प्रभावितमा सहयोग पुर्‍याउने उद्देश्यले ‘उबरले राइड फर नेपाल’

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र