विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए « Khabarhub

विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् ।

विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरु खाली हात फर्किएका हुन्। उनीहरु कतार एयरवेजबाट बिहीबार बिहान काठमाडौं आइपुगेका हुन् ।

हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग गर्दै आमा पद्मा जोशी र बहिनी पुष्पा साउनमा इजरायलसमेत पुगेका थिए ।

विपिन जोशी इजरायल पुगेका एक नेपाली विद्यार्थी थिए । दक्षिण इजरायलको अलुमिम किबुत्जमा खेतमा काम गर्दै गर्दा अपहरणमा परेका थिए। हमासले २० जना जीवितलाई फिर्ता गरेपछि विपिन जीवित फर्किने आश मरेको थियो । सरकारले विपिनको शव नेपाल ल्याउने तयारी थालेपछि उनका आमा र बहिनी स्वदेश फर्किएका हुन्।

जोशी परिवारले अक्टोबर ७, २०२३ मा अपहरणपछि तुरुन्तै खिचिएको भिडियो सार्वजनिक गरेको थियो, जुन जीवित रहेको उनको अन्तिम प्रमाणित दृश्य हो।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १० : ४६ बजे

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ