फजुल खर्च रोक्दै दोलखाका सहकारी ! « Khabarhub

फजुल खर्च रोक्दै दोलखाका सहकारी !


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाका सहकारी संस्थाहरू यतिबेला वार्षिक साधारणसभा कार्यक्रम सकाउन केन्द्रित छन् ।दोलखामा विभिन्न प्रकारका ४ सय हाराहारीमा सहकारी रहेका छन् । 

यी सहकारीले वार्षिक साधारणसभा कार्यक्रमको आयोजना गरिरहँदा गत वर्षको तुलना यसवर्ष सहकारीले गर्ने वार्षिक साधारणसभाका कार्यक्रम परिवर्तन देखिएको छ ।

अघिल्लो वर्षहरूका साधारणसभालाई खर्चिलो रूपमा तामझामका साथ गर्ने गरेका थिए । तर यस वर्ष राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको साधारणसभामा यातायात खर्च, सहभागी भत्ता, अतिथि सत्कार लगायतका फजुल खर्चमा पूर्ण रूपमा रोक्न दिएको निर्देशन अनुसार यहाँका सहकारीले पनि आफ्ना कार्यक्रमलाई सामान्य बनाएका हुन् । 

प्राधिकरणले हालै एक निर्देशन जारी गर्दै साधारणसभालाई सदस्य केन्द्रित, मितव्ययी र सुशासनयुक्त बनाउन निर्देशन दिएको थियो ।

सोही अनुसार जिल्लाका सहकारीले अघिल्ला वर्षका वार्षिक साधारणसभामा अनेकौँ शीर्षक राखेर गर्ने लाखौँ चालु खर्च घटाउँदै सामान्य हिसाबले साधारण सभा गरिरहेका छन् । 

जिल्लामै ३७ हजार बढी सदस्य आबद्ध रहेको जनसचेतन सहकारीले यस वर्षको ३२औँ वार्षिक साधारणसभालाई सामान्य तरिकाले मनाइरहेको छ ।

जनसचेतले अघिल्लो वर्ष खर्चिलो तरिकाले साधारणसभा गर्दै आएको भएपनि यस वर्ष उक्त खर्च रोकेर सदस्य मध्यकै ज्येष्ठ सदस्यलाई प्रमुख अतिथि बनाएर एकाइगत साधारणसभा गरिरहेको छ ।

त्यसैगरी कतिपय सहकारीले चालु खर्च रोक्न डिजिटल प्रविधिको प्रयोग गरिरहेका छन् । जिल्लाको वैतेश्वर–४ रहेको जनचेतना साकोशले यस पटक स्मारिका छपाइमा हुने खर्च कटौती गर्दै क्युआर मार्फत सहकारीको गतिविधिलाई समेटेर अध्ययन गर्न सदस्यलाई अनुरोध गरेको थियो ।

जिल्लाको जिरीमा अवस्थित जिल्लाकै तेस्रो ठुलो एकीकृत फेण्डसिप साकोसले पनि यस वर्ष फजुल खर्च कटौती गर्दै सामान्य हिसाबले साधारणसभा गरिरहेको छ ।

प्राधिकरणले जारी गरेको निर्देशनमा बचतकर्ताको हितलाई मध्यनजर गर्दै संस्थामा आवश्यकता अनुसार सदस्यहरूको सामान्य खाजा खाना बाहेक अन्य फजुल खर्च गर्न नपाइने स्पष्ट पारिएको छ ।

निर्देशनमा सहकारीको दर्ता, नियमन, अनुगमन वा सुपरिवेक्षणसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्धित कुनै पनि निकाय गैर सदस्य कर्मचारी वा पदाधिकारीलाई साधारणसभामा सहभागी नगराउन भनिएको छ ।

साथै गैर सदस्य व्यक्ति वा पदाधिकारीलाई आमन्त्रण गरी उद्घाटन  सत्र, आसन ग्रहण वा अतिथिका मन्तव्य जस्ता औपचारिक कार्यक्रम नगरी सिधै एजेन्डामा प्रवेश गर्नु निर्देशन जारी भएको कारण पनि सहकारीहरू चालु तथा फजुल खर्च रोक्न केन्द्रित बनेका हुन । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १२ : ५५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार