प्रचण्डले भने- अहिलेको अवस्थामा निर्वाचनबाहेक अर्को उत्तम विकल्प छैन « Khabarhub

प्रचण्डले भने- अहिलेको अवस्थामा निर्वाचनबाहेक अर्को उत्तम विकल्प छैन


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको अवस्थामा निर्वाचनबाहेक अर्को उत्तम विकल्प नरहेको बताएका छन् ।

बिहीबार चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचनबाहेक अर्को उत्तम विकल्प नदिएको स्पष्ट पार्दै सबै दलहरू निर्वाचनतर्फ उन्मुख हुनुपर्ने बताए ।

प्रचण्डले अहिले निर्वाचन होला की नहोला भन्ने आशंका उत्पन्न हुनु स्वाभाविक भए पनि तोकिएको समयमा निर्वाचन हुने भएकाले त्यसको तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

पार्टीभित्रको अन्तर्विरोधका बारेमा चिन्ता नलिन आग्रह गर्दै उनले पार्टी एक ढिक्का भएर अघि बढ्ने स्पष्ट पारे । माओवादी केन्द्र अहिले ट्रयाकमा आएको उनको भनाइ छ । 

पार्टी एकताको सन्दर्भमा संयोजक प्रचण्डले लामो समयदेखि छलफलमा रहेको वाम एकता अब निष्कर्षमा पुग्न लागेको जानकारी दिए । 

समाजवादी मोर्चाभित्रको पार्टी एकता पहिलो चरणमा हुने उल्लेख गर्दै प्रचण्डले केहिदिनमा घोषणा समेत हुने जिकिर गरे । 

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १ : २४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार