राजेश हमाल होस्ट रहेको रियालिटी शो ‘र’को प्रसारण आजबाट सुरु « Khabarhub

राजेश हमाल होस्ट रहेको रियालिटी शो ‘र’को प्रसारण आजबाट सुरु


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानायक राजेश हमाल प्रस्तोता रहेको नेपालको पहिलो कृषि केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युसनरी एग्रिकल्चर वार- र’को प्रसारण बिहीबारदेखि सुरु हुने भएको छ ।

शोका परिकल्पनाकार, निर्माता र निर्देशक शैलेश कँडेलका अनुसार बिहीबार साँझ ८ बजेदेखि हिमालयन टेलिभिजन प्रसारण हुनेछ ।

यो कार्यक्रम ओएसआर रियालिटी युट्युब च्यानलमा भने सोही दिन ८ : १५ बाट सार्वजनिक हुनेछ ।

कार्यक्रममा प्रस्तोता हमाललाई ‘महाहोस्ट’का रूपमा सम्बोधन गरिएको छ ।

कृषकलाई सशक्त, कृषि पेसालाई सम्मानित बनाउन र यसप्रति समाजको दृष्टिकोण परिवर्तन गराउने उद्देश्यका साथ यो कार्यक्रमको सुरुवात गरिएको निर्देशक कँडेलले बताए ।

कृषकलाई प्रोत्साहन र युवालाई आधुनिक कृषि पेसामा आकर्षित गर्न यस कार्यक्रमले सहयोग गर्ने हमालको बुझाइ छ ।

यस कार्यक्रमले कृषि कर्मको महत्त्व, चुनौती र सम्भावनाबारे जानकारी दिनुका साथै दर्शकलाई मनोरञ्जन पनि प्रदान गर्ने हमालले दाबी गरे ।

कार्यक्रममा किसान र कृषि प्राविधिक गरी दुई समूहका प्रतिस्पर्धीहरूबीच रोचक प्रतिस्पर्धा देख्न सकिने निर्देशक कँडेलले बताए ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १ : ४१ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०