राजेश हमाल होस्ट रहेको रियालिटी शो ‘र’को प्रसारण आजबाट सुरु « Khabarhub

राजेश हमाल होस्ट रहेको रियालिटी शो ‘र’को प्रसारण आजबाट सुरु


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानायक राजेश हमाल प्रस्तोता रहेको नेपालको पहिलो कृषि केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युसनरी एग्रिकल्चर वार- र’को प्रसारण बिहीबारदेखि सुरु हुने भएको छ ।

शोका परिकल्पनाकार, निर्माता र निर्देशक शैलेश कँडेलका अनुसार बिहीबार साँझ ८ बजेदेखि हिमालयन टेलिभिजन प्रसारण हुनेछ ।

यो कार्यक्रम ओएसआर रियालिटी युट्युब च्यानलमा भने सोही दिन ८ : १५ बाट सार्वजनिक हुनेछ ।

कार्यक्रममा प्रस्तोता हमाललाई ‘महाहोस्ट’का रूपमा सम्बोधन गरिएको छ ।

कृषकलाई सशक्त, कृषि पेसालाई सम्मानित बनाउन र यसप्रति समाजको दृष्टिकोण परिवर्तन गराउने उद्देश्यका साथ यो कार्यक्रमको सुरुवात गरिएको निर्देशक कँडेलले बताए ।

कृषकलाई प्रोत्साहन र युवालाई आधुनिक कृषि पेसामा आकर्षित गर्न यस कार्यक्रमले सहयोग गर्ने हमालको बुझाइ छ ।

यस कार्यक्रमले कृषि कर्मको महत्त्व, चुनौती र सम्भावनाबारे जानकारी दिनुका साथै दर्शकलाई मनोरञ्जन पनि प्रदान गर्ने हमालले दाबी गरे ।

कार्यक्रममा किसान र कृषि प्राविधिक गरी दुई समूहका प्रतिस्पर्धीहरूबीच रोचक प्रतिस्पर्धा देख्न सकिने निर्देशक कँडेलले बताए ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १ : ४१ बजे

क्यारेबियनमा अमेरिकी आक्रमण, तीनको मृत्यु

एजेन्सी– क्यारेबियन सागर क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रण अभियान तीव्र बनाइरहेको

पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र

काठमाडौं– पशुपति मन्दिर परिसरमा हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व महाशिवरात्रिको तयारी

राप्रपाले चुनाव जिते नेपालमै ‘रेअर अर्थ’ पदार्थ उत्पादनको सम्भाव्यता खोज्ने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपालमै ‘रेअर अर्थ’ पदार्थ उत्पादनको

राजसंस्था, निर्वाचन प्रणालीमा सुधार र दुई तहको संरचना राप्रपाको मुख्य एजेण्डा (घोषणापत्र सहित)

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अभिभावकीय संस्थाको रुपमा राजसंस्थालाई अघि

‘स्ट्रबेरी’खेतीबाट वार्षिक तीस लाख आम्दानी

काभ्रेपलाञ्चोक– तीन वर्षदेखि निरन्तर (स्ट्रबेरी)भुइँऐसेलुखेतीमा रमाएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई