झपट रावलको माग : विद्या भण्डारी र भीम रावलसहितका नेताको कारबाही फिर्ता हुनुपर्छ « Khabarhub

झपट रावलको माग : विद्या भण्डारी र भीम रावलसहितका नेताको कारबाही फिर्ता हुनुपर्छ


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय र पूर्वउपाध्यक्ष डा. भीम रावलमाथिको कारबाही फिर्ता हुनुपर्ने बताएका छन् ।

बुधबारदेखि ललितपुरमा जारी १० औँ केन्द्रीय कमिटी बैठकमा बिहीबार बोल्दै उनले भण्डारी र रावलसहित सबै नेताको कारबाही फिर्ता हुनुपर्ने बताएका हुन् ।

‘विद्या भण्डारी र भीम रावल लगायत सबै नेताहरूको कारबाही फिर्ता हुनुपर्छ’, उनले भने, ‘नेतृत्व हस्तान्तरण प्रक्रियालाई सहज रूपमा लिनु पर्छ । गत भदौ २२ गते भन्दा अघिको र पछिको शक्ति सन्तुलन र सम्बन्धमा ब्यापक फेरबदल भएको कुरा पार्टी नेतृत्वले बुझ्नुपर्छ ।’

उनले यो बैठकमा सहभागीहरू जेन-जी आन्दोलनका क्रममा सबै भागेर लुकेको बताए । ‘हामी सबै भागेर र लुकेकाहरूको भेला हो यो, हामी यथार्थपरक बनौँ’, उनले भने, ‘देश अहिले गम्भीर संकटमा छ, संविधान मुर्छित भएको छ, लोकतन्त्र घाइते छ । कम्युनिष्ट आन्दोलन पनि बिघटनको मोडमा छ । घनघोर षडयन्त्र र आकर्मण्यताको सम्भावना टरेको छैन ।’

उनले अहिले नेपाली जनता एकातिर र एमाले अर्कोतिर हिँडिरहेको अवस्थाको पनि विस्तारमा ब्याख्या गरे । रावलले २०८१ असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ ब बुँदे सहमति कार्यान्वयन नभएकोमा पनि प्रश्न उठाए ।

‘हाम्रै नेतृत्वको सरकार बनाउनका लागि सात बुँदे सहमति भएको थियो’, उनले भने, ‘गठबन्धन सरकार बनाउनुअघि भएको उक्त ७ बुँदे काग्रेस-एमाले सम्झौता १४ महिना सम्म किन लागु भएन ?’

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : २२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार