कांग्रेस बैठक शुक्रबार पुनः बस्ने « Khabarhub

कांग्रेस बैठक शुक्रबार पुनः बस्ने


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असोज २८ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा धारणा राख्नेक्रम जारी छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकको प्रारम्भमा कावा सभापति खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए । यस्तै, महामन्त्री गगनकुमार थापाले बैठकमा विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा केन्द्रीय सदस्यहरू डा शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईं, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आआफ्नो धारणा राखेका थिए ।

पदाधिकारी र केन्द्रीय सदस्यहरूले धारणा राख्नेक्रम जारी रहेको र कार्यसमितिको बैठक शुक्रबार बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने मुख्यसचिव पौडेलले बताए।

यसअघि असोज २८ गतेको पहिलो बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो विशेष मन्तव्य राख्दै स्वास्थ्यका कारणले उपसभापति खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्नेगरी जिम्मेवारी तोको थिए ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ गते आफ्नै निवासमा आक्रमणकारीको साङ्घातिक हमलामा परी घाइते भएका सभापति देउवा उपचारपछि स्वास्थ्यलाभ गरिरहेको पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ८ : १४ बजे

राष्ट्रसंघमा प्रधानमन्त्रीको सहभागिताबारे रास्वपामै दुई मत, रविले वालेन्द्रसँग कुरा गर्ने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा जाने–नजाने विषयमा राष्ट्रिय

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक, जफत गरिने

काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान