आज २०८२ साल कात्तिक ३० गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल कात्तिक ३० गते आइतबारको राशिफल


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर कृष्ण पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १६ तारिख। अन्तर्राष्ट्रिय सहनशीलता दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । तपाईंको बोलीले साथी टाढा हुनसक्छन् । रोगसँग लड्ने क्षमता बढ्नेछ । स्वास्थ्यले साथ दिनेछ । परिवारको सल्लाह अनुसार अगाडि बढ्नु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन राम्रो छ । तपाईंले गरेका काम सहजै अगाडि बढ्नेछन् । समाजमा इज्जत बढ्नेछ । बौद्धिक क्षेत्रका साथीबाट सहयोग मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ ।

मिथुन : दिन सामान्य छ । साथीहरु टाढा हुने जोखिम छ । बोल्दा सचेत बन्नुपर्ने समय आएको छ । पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।

कर्कट : मन अशान्त बन्नेछ । रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ । विपक्षी एकजुट भएकाले सचेत भएर अगाडि बढ्नुपर्ने दिन छ । राज्यको तर्फबाट अवसर प्राप्त हुनेछ । परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ ।

सिंह : दिन सहज छ । सोचेका काम सहजै बन्नेछन् । वैदेशिक रमझमले मन तान्नसक्छ । लगानी भए फाइदा हुनेछ । बौद्धिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । आफन्तसँगको भेटघाटमा रमाउने दिन छ ।

कन्या : दिन राम्रो छ । परिवारको साथ र सहयोग मिल्नेछ । खानपानमा ख्याल नगरेमा रोगले सताउने जोखिम हुन्छ । शिक्षाको क्षेत्रमा उपलब्धि प्राप्त गर्न कठिन हुने समय छ ।

तुला : दिन सहज छ । तपाईंले आज गरेको काम दीर्घकालीन बन्नेछ । महत्त्वपूर्ण निर्णयका लागि परिवारको साथ लिनु राम्रो हुनेछ । रााजनीतिक संगठनमा विपक्षीबाट जोगिएर काम गर्नुपर्ने समय छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दैनिक काम सामान्य ढंगले चल्नेछन् । ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ । साथीहरु तपाईंविरुद्ध सक्रिय हुने भएकाले कम बोल्नु राम्रो हुन्छ । सानो कुराले ठुलो झन्झट आइपर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

धनु : दिन राम्रो छ । निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा गरेको प्रयास सफल हुने योग छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।  प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : दिन राम्रो छ । मनमा उत्साह बढ्नेछ । नयाँ ठाउँको यात्रा तय हुनेछ । शुभ कार्यमा सहभागी हुने मौका मिल्नेछ । खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ ।

कुम्भ : दिन सामान्य छ । साथी र संगठनमा तपाईंको प्रशंसा हुनेछ । स्वास्थ्यमा सुधार आउने छ । बिहान शिवको भजन सुन्नसकेमा दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मीन : आम्दानी भन्दा खर्च बढ्नेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ । व्यापारको सुरुवात गरेमा स्वदेशमा भन्दा विदेशमा फाइदा हुनेछ । प्राविधिक क्षेत्रमा तपाईंले उपलब्धि प्राप्त गर्नु हुनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ५ : ०९ बजे

ताप्लेजुङको घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा

प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

हुम्ला– सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै

चालु आर्थिक वर्षको चौमासिक अवधि  ः २५ स्थानीय तह अझै बजेटविहीन

काठमाडौं– चालु आर्थिक २०८२–०८३ को चार महिना पूरा भए पनि

भोजपुरको खकुवाखोलामा पुल बनेपछि स्थानीयलाई सहज

भोजपुर– ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका भोजपुरका

कञ्चनपुरमा तीन हजार बढी मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि