अर्थसंक्षेप : जेन-जी आन्दोलनबाट निजी क्षेत्रमा ३६ अर्बको क्षति, ५ अंकले घट्यो नेप्से, मुद्रास्फीति गत वर्षको भन्दा आधाले तल झर्‍यो र श्रीलङ्काको पर्यटन क्षेत्र सुदृढ बन्दै | Khabarhub Khabarhub

अर्थसंक्षेप : जेन-जी आन्दोलनबाट निजी क्षेत्रमा ३६ अर्बको क्षति, ५ अंकले घट्यो नेप्से, मुद्रास्फीति गत वर्षको भन्दा आधाले तल झर्‍यो र श्रीलङ्काको पर्यटन क्षेत्र सुदृढ बन्दै


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जेन-जी आन्दोलनका कारण निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति

अर्थमन्त्री रामेश्वर खनालले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति भएको प्रारम्भिक मूल्याङ्कन प्राप्त भएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खनालले जेन-जी आन्दोलनका क्रममा ५५ जिल्लामा १ हजार ९ सय ५७ इकाइमा क्षति भएको र जसमध्ये निजी क्षेत्रको ४१९ संरचनामा करिब ३६ अर्बको क्षति भएको प्रारम्भिक मूल्याङ्कन प्राप्त भएको जानकारी दिएका हुन् ।

निजी क्षेत्रमा भएको क्षति मध्ये करिब २३ अर्बको बिमा दाबी भएको उनले बताए । अर्थमन्त्री खनालले सरकार र व्यवसायीबीचमा विश्वासको वातावरण बनाएर अघि बढ्ने भन्दै निजी क्षेत्रलाई नियन्त्रणमूखी प्रणाली नबनाइने प्रस्ट पारे ।

उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन अनुसार नै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने उनको भनाइ छ । उनले अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न पूँजीबजार र घरजग्गा व्यवसायलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । घरजग्गा व्यवसायमा देखिएको समस्यालाई पनि समाधान गर्ने प्रयासमा रहेको उनले बताए ।

शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यक: अर्थमन्त्री खनाल

कर्जाको माग बढ्न नसक्दा थप घट्यो बैंकमा मुद्दतीको ब्याजदर

सिधनियाघाटमा तीव्र गतिमा पक्की पुल निर्माण हुँदै

मालढुङ्गा–बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

कलङ्की–बसुन्धारा सडक विस्तार गर्न नेपाल र चीन सरकारबीच अन्तिम हस्ताक्षर हुनै बाँकी

काठमाडौं चक्रपथको कुल लम्बाई २७ किलोमिटर छ । उक्त सडक वि.स. २०३० को दशकमा चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको थियो । सो समयमा नै चिनियाँ पक्षले बस्ती बढ्दै जाँदा विस्तार गर्नुपर्ने दायाँबायाँ ६२ मिटर क्षेत्रफल सीमाङ्कन गरिदिएको थियो ।

तर, नेपाल सरकारले सडकको लागि तोकिसकेको जग्गा अतिक्रमण हुनबाट रोक्न सकेन । यही कारण चक्रपथ परिक्रमा विस्तारका क्रममा विवाद निम्तिइरहेको छ ।

सरकार-सरकार (जीटुजी) मार्फत् वि.स. २०६९ पुस ३ मा पहिलो चरणमा कोटेश्वर–कलङ्की (१०.३५ किमि) सडक ६२ मिटर चौडाई रहनेगरी ८ लेनमा विस्तारको सम्झौता भयो । भूकम्प र नाकाबन्दी बाधक बन्दा ०७० भदौबाट मात्र काम सुरु भएको उक्त खण्ड सम्पन्न गर्न चिनियाँ पक्षलाई पाँच वर्ष लाग्यो । समय बढी लाग्नुको मुख्य कारण थियो – सडक मिचेर बनाइएका संरचना । त्यतिमात्रै होइन, सडकको डिजाइनलाई लिएर पनि सरकारले नागरिकस्तरबाट ठूलो विरोधको सामना गर्नुपर्‍यो ।

साताको पहिलो दिन ५ अंकले घट्यो नेप्से

नबिल बैंकद्वारा डेबिट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

व्यावसायिक फूलखेतीबाट वार्षिक २० लाखसम्मको आम्दानी

राष्ट्र बैंकको तथ्यांक भन्छ- मुद्रास्फीति गत वर्षको भन्दा आधा बढी तल झर्‍यो

नेपाल राष्ट्र बैंकको तथ्यांकले नेपालमा मुद्रास्फीति गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको असोज महिनामा आधा बढीले तल झरेको देखाएको छ ।

केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले चालु आर्थिक वर्षको असोज महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको देखाएको हो । जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.२८ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.२० प्रतिशत र ३.४९ प्रतिशत रहेको थियो ।

३० खर्ब नजिक पुग्यो विदेशी विनिमय सञ्चिति, १६ महिना बढीलाई आयात धान्न पुग्ने

३ महिनामा आयो साढे ५ खर्ब बढी रेमिट्यान्स

दाङमा व्यावसायिक मौरीपालन किसानको सङ्ख्या पाँच सय बढी

मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

श्रीलङ्काको पर्यटन क्षेत्र बलियो हुँदै, आम्दानीमा निरन्तर वृद्धि

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ७ : ०४ बजे

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको

मधेश सरकार गठनविरुद्ध सात राजनीतिक दलको आन्दोलन जारी

काठमाडौँ- मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आइतबार

प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने