आजका समाचार : सरकार छाडेर पार्टी सम्हाल्न कुलमानमाथि दबाब, निर्वाचन आयोगमा दर्ता भए १२२ राजनीतिक दल र युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने | Khabarhub Khabarhub

आजका समाचार : सरकार छाडेर पार्टी सम्हाल्न कुलमानमाथि दबाब, निर्वाचन आयोगमा दर्ता भए १२२ राजनीतिक दल र युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नवपुस्तालाई न्यायको अनुभूति दिलाउने गरी काम गर्न गृहमन्त्रीको कर्मचारीलाई निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुप काम गर्न र उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न आफू मातहतका निकायलाई निर्देशन दिएका छन् ।

आइतबार गृह मन्त्रालयमा आयोजित गृह सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित ‘एसएमटी बैठकमा विशेष उपस्थिति जनाउँदै मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीहरूले एक्टिभिष्ट जसरी आ(आफ्नो जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचन र यसको तयारीमा लाग्न समेत निर्देशन दिए ।

‘अहिलेको सरकार भनेको कै निर्वाचनको सरकार भएकोले हामीलाई पुरानै संरचना र ऐन नियममा रहेर भन्दा पनि प्रविधिको प्रयोग गर्दै चुनावलाई अझ बढी सहभागिता मूलक बनाएर जनतालाई आफ्नो मताधिकारको सुनिश्चितता कायम गर्ने गरी जिम्मेवारी बहन गर्न निर्देश गर्दछु’, मन्त्री अर्यालले बैठकमा भने ।

निर्वाचन आयोगद्वारा दुर्गा प्रसाईँको नागरिक बचाउ दल सनाखत

कलैयाका पूर्वनिमित्त डिभिजन प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर

स्वास्थ्य मन्त्रालयद्वारा कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देशन

आयोगमा नयाँ दल दर्ता र खारेजीको क्रम जारी

नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने

सरकार छाडेर पार्टी सम्हाल्न कुलमानमाथि दबाब, प्रधानमन्त्रीसँग छलफलपछि निर्णय लिने
अर्कैलाई अध्यक्ष बनाएर उज्यालो नेपाल पार्टी दर्ता गराएका ऊर्जामन्त्री कुलमान घिसिङलाई राजीनामाको दबाब बढेको छ।

पूर्वऊर्जा सचिव अनुप उपाध्यायलाई अध्यक्ष बनाएर ५१ केन्द्रीय कमिटीसहितको पार्टी दर्ता गराएका उनीमाथि मन्त्री छाड्न दबाब बढेको हो ।

कुलमानले पार्टीमा अधिकांश नेताहरू डक्टर, इन्जिनियर र विभिन्न विषयका विज्ञहरू राखेका छन् । त्यस्तै उनले दोस्रो चरणमा अन्य व्यक्तिसहित केन्द्रीय कमिटी विस्तार गर्ने तयारी गरेका छन् ।

राजीनामा दिनुपर्ने मत

तर घिसिङले जतिसक्दो चाँडो अन्तरिम सरकारबाट राजीनामा दिएर पार्टी निर्माण अभियानमा लाग्नुपर्ने मत बलियो बन्दै गएको छ। शनिबार बौद्धको एक होटलमा बसेको केन्द्रीय कमिटी बैठकले कुलमानलाई जतिसक्दो चाँडो मन्त्रीबाट राजीनामा दिएर पार्टी जिम्मेवारी सम्हाल्न सुझाव दिएका छन्।

एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सातै प्रदेशमा सुरक्षा गोष्ठी गरिने

जेन-जी आन्दोलनका कारण निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति

निर्वाचन आयोगमा दर्ता भए १२२ राजनीतिक दल, २८ वटा प्रक्रियामा

ओलीको प्रश्न : संविधानले नचिन्ने यो सरकार कसको हो ? न दलको न जेन-जीको ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताएका छन् ।

प्रेस चौतारी नेपालको टिमसँग आफ्नै निवास गुण्डुमा आइतबार बिहान छलफल गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

उनले वर्तमान सरकार संविधानबाट पनि नबनेको, संसद्बाट नबनेको, दलबाट नबनेको, जेन-जीबाट नबनेकोले यो सरकार कस्को भन्ने प्रश्न गरेका छन् ।

‘यो सरकार कसको प्रतिनिधि हो ? जेन-जीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिन भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्थै छैन भन्छ’ अध्यक्ष ओलीले प्रश्न गरे ‘आखिर यो सरकार कसको हो ?’

ओलीको जिकिर : नयाँ आईजीपीलाई तर्साउन अवकाशमा गएका खापुङलाई स्थानहद तोकियो

ओलीको जिकिर : एमाले देशकै ठूलो पार्टी हो, चुनावबाट भाग्‍ने लुते कुरा गर्दैन

सबैले आत्म-समीक्षा नगरे इतिहासले कसैलाई क्षमा गर्दैन : बाबुराम भट्टराई

श्रम गर्न जनता अब विदेश जानु पर्दैन, हामी शक्तिको ज्वाला सिर्जना गर्छौँ : वामदेव गौतम

ओलीले भने- संसद् पुनः स्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउँछ

 निर्वाचन घोषणायता सात वटा नयाँ राजनीतिक दल दर्ता

व्यावसायिक फूलखेतीबाट वार्षिक २० लाखसम्मको आम्दानी

कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी लिन थालेकी छन् ।

फार्म दर्ता गरेर विगत दुई वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएकी उनले फूल बिक्रीबाट मनग्य आम्दानी गर्न थालेकी हुन् । दुई बिघा जग्गा भाडामा लिएर व्यावसायिक फूलखेती गर्दै आएको बताउँदै विष्टले फूलबाट वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार हुने गरेको बताइन् । आम्दानी राम्रै हुन्छ ।

कामदारलगायत सबै खर्च कटाएर वार्षिक आठ लाख रुपैयाँसम्म बचत हुन्छ । बाह्रै महिना फूल उत्पादन हुन्छ, यस वर्षको दसैँ तिहारमा मात्र करिब १० लाख बराबरको कारोबार भएको उनले बताइन् ।

देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आयोगको आग्रह

घट्यो निर्वाचन कार्यालय पुगेर नामावलीमा नाम दर्ता गर्नेको संख्या

जेन-जी प्रदर्शनमा लुटपाट गर्नेको नाम, ठेगाना, सम्पर्क उपलब्ध गराउन प्रहरीको आग्रह

दाङमा व्यावसायिक मौरीपालन किसानको सङ्ख्या पाँच सय बढी

कुहिरोले ढाकेको टौदह र खोकना क्षेत्र (फोटोफिचर)

भीषण खडेरीपछि इरानले वर्षा गराउन क्लाउड सिडिङ सुरु

इरानी अधिकारीहरूले दशकौँयता देखिएको सबैभन्दा कडा खडेरीसँग जुध्न वर्षा उत्प्रेरणा गर्ने क्लाउड सिडिङ प्रक्रिया औपचारिक रूपमा सुरु गरेका छन् । सरकारी मिडियाका अनुसार यो वर्षको जल चक्रमा पहिलो पटक यस्तो प्रक्रिया सञ्चालन गरिएको हो ।

इरना समाचार एजेन्सीले शनिबार राति सूचित गरेअनुसार सेप्टेम्बरमा सुरु हुने चालु जल वर्षअन्तर्गत उर्मिया ताल बेसिनमा पहिलो क्लाउड सिडिङ उडान सम्पन्न गरिएको छ । देशको उत्तर–पश्चिममा रहेको उर्मिया इरानको सबैभन्दा ठूलो ताल हो तर दीर्घ खडेरीका कारण ठूलो भाग सुकेर विशाल नुनथलोमा परिणत भएको छ ।

एजेन्सीले पूर्वी र पश्चिम अजरबैजान प्रान्तहरूमा आगामी दिनहरूमा थप सञ्चालन गरिने जानकारी दिएको छ । क्लाउड सिडिङमा विमानमार्फत बादलहरूमा सिल्भर आयोडाइड, नुन लगायतका सूक्ष्म कणहरू छर्केर वर्षा गराउने प्रयास गरिन्छ ।

गत वर्ष इरानले यस प्राविधिक प्रक्रियामा स्वदेशी प्रविधि विकास भएको घोषणा गरेको थियो । सरकारी मिडियाले शनिबार पनि देशको पश्चिमका इलाम, केरमानशाह, कुर्दिस्तान र लोरेस्तान तथा उत्तरपश्चिम पश्चिम अजरबैजान प्रान्तमा वर्षा भएको तथ्य सार्वजनिक गरेको थियो ।

युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने : राष्ट्रपति जेलेन्स्की

स्पेनमा ५० हजार दर्शकबीच प्यालेस्टिनी टोलीको मैत्रीपूर्ण खेल

अमेरिकाद्वारा बी-६१-१२ आणविक बमको सफल उडान परीक्षण सम्पन्न

मेक्सिको सिटीको विरोध प्रदर्शनमा झडप, १२० जना घाइते

श्रीलङ्काको पर्यटन क्षेत्र बलियो हुँदै, आम्दानीमा निरन्तर वृद्धि

दिल्ली विस्फोट : १० वर्षदेखि जैशसँग जोडिएकी डा. शाहिन जागिर छोडेर भनिन्

कम्बोडियामा बर्ड फ्लूबाट युवकको मृत्यु

चीनको अन्तरिक्ष स्टेशनबाट चार मुसा र अन्तरिक्ष विज्ञान नमुनाहरू सफलतापूर्वक फिर्ता, वैज्ञानिकलाई बुझाइने

लाहोर विश्वको दोस्रो प्रदूषित सहर

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ८ : ०६ बजे

दोलखामा भालु आतंकः एकको मृत्यु ४ घाइते, त्रास कायमै

दोलखा– पछिल्लो केहि महिनादेखि दोलखामा जंगली जनावर भालु आतंकसँगै आक्रमणले

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि मैदान (तस्बिरहरू)

काठमाडौं – सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)का लागि

सुटुक्क हलमा लागेर तीन दिनमै उत्रियो सुरक्षा पन्तको फिल्म ‘धागो’

काठमाडौँ– यसलाई अलि राम्रो बनाएर पुनर्लेखन गरकाठमाडौं( प्रचार–प्रसारमा ध्यान नदिएको

ओलीको प्रशंसा गर्दै चन्दले भनेः उहाँले कडा समयसीमा नतोकिदिएको भए त्रिवि स्टेडियम यति चाँडो बन्ने थिएन

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले त्रिवि क्रिकेट

आयोगले सार्वजनिक गर्यो फागुन २१ को निर्वाचन कार्यक्रम

काठमाडौं- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि