घट्यो निर्वाचन कार्यालय पुगेर नामावलीमा नाम दर्ता गर्नेको संख्या « Khabarhub

घट्यो निर्वाचन कार्यालय पुगेर नामावलीमा नाम दर्ता गर्नेको संख्या


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरु गरेसँगै निर्वाचन कार्यालय पुगेर नामावलीमा नाम दर्ता गर्नेको संख्या घटेको छ ।  

मतदाता नामावलीका निर्वाचन कार्यालयमा चाप बढेपछि निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलनको व्यवस्था गरेको थियो । 

त्यसपछि कार्यालय पुगेर नामावलीमा नाम दर्ता गर्नेको संख्या कम भएको काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईले जानकारी दिए । उनले राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरु गरेपछि नयाँ मतदाताको संख्या वृद्धि हुन थालेको बताए ।

निर्वाचन घोषणा भइसकेपछि मुलुकभर २ लाख ८५ हजार भन्दा बढिले निर्वाचन कार्यालय पुगेर मतदाता नामावली दर्ता गरिसकेको उनले जानकारी दिए । त्यस्तै राष्ट्रिय परिचयपत्र प्रयोग गरेर तीन दिनको अवधिमा दुई लाख भन्दा बढिले नाम दर्ता गराएको उनले बताए ।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर आयोगले मतदाता नामावली र अद्यावधिक कार्य सञ्चालन गरेको हो ।

निर्वाचन आयोगले यसअघि कार्तिक ३० गतेसम्म नाम दर्ता गराउन सकिने व्यवस्था गरेकोमा पाँच दिन समय बढाउँदै आगामी मङ्सिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ । 

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  २ : ५१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार