ओलीको जिकिर : एमाले देशकै ठूलो पार्टी हो, चुनावबाट भाग्‍ने लुते कुरा गर्दैन « Khabarhub

ओलीको जिकिर : एमाले देशकै ठूलो पार्टी हो, चुनावबाट भाग्‍ने लुते कुरा गर्दैन


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको शान्ति सुरक्षाको पछिल्लो अवस्थाबारे चिन्ता जनाएका छन् ।

आइतबार भक्तपुरको गुण्डुमा पार्टीनिकट प्रेस चौतारी नेपालका नेताहरूसँगको छलफलमा उनले अहिले देशलाई शान्ति सुरक्षाको खाँचो रहेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीलेले देशमा अहिले विधिको शासन नरहेको पनि उल्लेख गरेका छन् ।

‘समृद्धिका कुरा पछि गरौँला, अहिले यो देशलाई शान्ति सुरक्षा चाहिएको छ,’ उनले अगाडि भने । ओलीले एमाले चुनावबाट नभाग्ने पनि बताएका छन् ।

एमाले देशको सबैभन्दा ठूलो र बलियो पार्टी रहेको बताउँदै उनले निर्वाचनबाट भाग्दैनौँ, डराउँदैनौँ भनेर लुते कुरा गरिरहनु जरुरी नभएको पनि उल्लेख गरे ।

अहिलेको अवस्थामा चुनाव हुनै नसक्ने ओलीको तर्क छ । प्रहरीबाट लुटिएका हातहतियार बाहिरै रहेको र कारागारबाट फारर भएका अपराधीलाईसमेत सरकारले नियन्त्रणमा लिन नसकेको अवस्थामा चुनाव गर्न नसकिने उनले बताए ।

‘देशको सबभन्दा ठूलो र सबभन्दा बलियो पार्टी चुनावबाट भाग्दैनौँ, डराउँदैनौँ भनेर लुते कुरा गरिरहनु पर्छ र ? चुनाव हुने अवस्था भए हामी जान तयार छौँ,’ उनले भने ।

ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई असंवैधानिक भने । यसलाई चुनाव गराउने हक नरहेको पनि उनले बताए ।

गत भदौ २७ गते विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने उनले बताए । तर उनले सयौँ हतियार र अपराधी बाहिरै रहेका बेला चुनाव हुन नसक्ने जिकिर गरे ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १२ : ५० बजे

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा