दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो « Khabarhub

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ। करार अवधि सकिएका ती कर्मचारीको करार सेवा थप नगरेर पालिकाले उनीहरुलाई बिदा गरेको हो।

यसरी हटाइएका कर्मचारीहरूमा स्वीपर ८ जना, अनमी ६ जना, ल्याब ४, स्टाफ नर्स १, रेडियो ग्राफर १, मेडिकल अधिकृत १, आधारभूत अस्पताल कास ३ र आँखा उपचार केन्द्रका ३ जना रहेका छन्।

यसैगरी गाउँपालिकाका वडा सहायक ८ जना, रोजगार शाखा २ जना, कम्प्युटर अपरेटर १ जना, सहायक कम्प्युटर अपरेटर १ जना, प्राविधिक ३ जना, खेलकुद प्रशिक्षक १ जना र कार्यालय सहयोगी ५ जना रहेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र अनुसार ती कर्मचारीको करार थप नगरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत संगीता ताम्राकारले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १० : १७ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको