रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै « Khabarhub

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार लैजाने तयारी गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका सात वर्षको रुद्रकली र ६ वर्षको खगेन्द्रप्रसाद आज बिहान ४ बजे भैरहवा पुगेका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिले ती हात्तीलाई विमानस्थलको छेउमा रहेको खाली जग्गामा राखिएको छ । ती हात्तीलाई सोमबार सौराहाबाट बिदाइ गरिएको थियो ।

बुधबार वन तथा वातावरण मन्त्रालयका सचिव एवं राष्ट्रिय निकुञ्ज विभागका उच्च अधिकारीहरूले भैरहवामा नै कतारी दूतावासलाई ती हात्ती हस्तान्तरण गर्ने छन् । हस्तान्तरण गरिएपछि कार्गो विमानमार्फत ती हात्तीलाई कतार पठाइनेछ ।

रुद्रकली पूजाकली र खगेन्द्र कोशी कलीको बच्चा हो । खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको उनको भनाइ छ । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् । सरकारले हात्ती दिने निर्णय गरेपछि सबै प्रक्रिया पूरा गरी पठाउन लागिएको हो ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी २०७५ सालमा कतार भ्रमणमा जाँदा नेपालले बतारलाई हात्ती उपहार दिने घोषणा भएको थियो ।

यसअघि नेपालले विभिन्न देशलाई एकसिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तर्राष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँइदै आइएको छ । पहिलोपटक नेपालले हात्ती उपहारस्वरुप अन्य देशमा पठाउन लागेको हो ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ९ : ५४ बजे

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा

काठमाडौंमा इएफएस फाइट नाइट सेभेन आयोजना हुने

काठमाडौं– डब्लुबीसी मोइ थाई नेपालको आयोजनामा काठमाडौंमा इएफएस फाइट नाइट सेभेन

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका