एमाले महाधिवेशनः यस्तो छ उम्मेदवारको अन्तिम नामावली (सूचीसहित) « Khabarhub

एमाले महाधिवेशनः यस्तो छ उम्मेदवारको अन्तिम नामावली (सूचीसहित)


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा सहभागी हुने उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगले अन्तिम नामावली सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यतालिका भन्दा ढिलागरी सूची सार्वजनिक गरिएको आयोगले जनाएको छ ।महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार मंगलबार दिउँसो ४ बजेदेखि मतदान प्रक्रिया सुरु हुँदैछ ।

नयाँ नेतृत्वमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन गराउने मेसिन तयार पारेका प्राविधिकलाई मंगलबार बिहानका राति १ बजे मात्र आयोगले उम्मेदवारको फाइनल सूची दिएको थियो ।

एमाले महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गराउने जिम्मेवारी रामलक्ष्मण इनोभेसन अन्तर्गतको ब्यालोट सोलुसनले पाएको छ ।

यो महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर भिड्दैछन्। आयोगले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेल प्यानल बनाएरै भिड्न लागेका हुन्।

आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानमा विद्युतीय मेसिनको प्रयोग हुनेछ। ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने उनको भनाइ छ। एक जना मतदाताले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ। महाधिवेशनमा कुल दुई हजार २६३ प्रतिनिधि सहभागी छन्।

प्रकाशित नामावलीअनुसार एक अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वर्तमान अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। अन्य पदाधिकारी तथा सदस्यमा उनीहरूको समूह र स्वतन्त्र रूपमा पनि उम्मेदवारी परेको छ ।

पार्टीको संशोधित विधानअनुसारा पाँच उपाध्यक्ष पदमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट परशुराम मेघी गुरुङ पुथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ डा विन्दा पाण्डे र विष्णुप्रसाद पौडेल गरी ११ जनाको उम्मेदवारी परेको छ । एक महासचिवका लागि शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन्।

यस्तै, तीन उपमहासचिव पदमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमालले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी नौ सचिव पदमा २० जनाको उम्मेदवारी परेको छ । विभिन्न भूगोल र क्षेत्रमा गरी केन्द्रीय सदस्यमा करिब एक हजारभन्दा बढीको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १० : १८ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली