किसानलाई अनुदानमा गहुँको बीउ « Khabarhub

किसानलाई अनुदानमा गहुँको बीउ


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने किसान बताउँछन् ।

गहुँ छर्न भरपर्दो बीउ नपाएर हैरान हुनपर्ने किसानको बर्सेनिको पिरोलो बन्दै आएको छ । यस्तो बेला नगर कृषि शाखाले यहाँको माटो र हावापानीमा राम्रो फस्टाउने उन्नत जातको बीउ ५० प्रतिशत सहुलियतमा पाएपछि निकै राहत भएको मटिहानी–१ धिरापुरका किसान लालबाबु मण्डलले बताए ।

नगरपालिकाले कृषि उत्पादन बढाउने र आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएअनुरुप पछिल्ला पाँच वर्षयता किसानलाई मुख्यबाली लगाउने बेला बीउ, मल र कृषि उपकरण किसानलाई प्रदान गर्दै आएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।

‘हामीले किसानलाई गहुँमात्र नभएर धान, तरकारी र मखान लगाउने बेलामा पनि बीउ, मलखाद र कृषि उपकरण सहुलियतमा दिँदै आएका छौँ, यसले किसानको उत्पादन र आयआर्जनमा सघाउ पु¥याएको’, नगरप्रमुख मण्डलले भने ।

अहिले गहुँ बाली लगाउने ठिक समयका बेला वडावडामा किसानको माग सङ्कलन गरेर उन्नत जातको बीउ प्रबन्ध गरिएको नगर कृषि शाखाले जनाएको छ । ‘हामीले धमाधम बीउ दिइरहेका छौँ, यसपालि पाँच सय किसानलाई बीउ उपलब्ध गराउने लक्ष्य छ’, नगर कृषि शाखाका प्रमुख सन्ध्या साहले भनिन्, ‘बीउ लिन दुई दिनदेखि नै किसानको लामो पङ्क्ति छ ।’ बीउ वितरण पुसको पहिलो साताभरि जारी रहने नगर कृषि शाखाले जनाएको छ ।

मधेसमा ठिक समयमा भरपर्दो बीउ नपाएर किसानले समयमा बाली लगाउन पाएका हुँदैनन् । किसानको यो अवस्था बुझेर मटिहानी नगरपालिका नेतृत्वले सबै बाली लगाउने बेला बीउको सहुलियतपूर्ण प्रबन्ध गरेपछि निकै राहत मिलेको मटिहानी–८ का किसान शान्तिदेवी बताउँछिन् । अब मुख्य कुरा बीउ पाइएपछि जग्गा जोतखन र अन्य तयारी निकै सजिलो हुने उनको भनाइ छ ।

खेतीपाती नै जीवनको मुख्य आधार रहेको मधेसका जिल्लाहरूमा स्थानीय सरकारले बीउ, मलखाद र कृषि ज्यावल तथा उपकरणमा सहयोग गर्नुपर्ने किसानको अपेक्षा हुन्छ । तर अधिकांश स्थानीय तह यसबारे बेखबर रहँदा किसानले सास्ती पाउँदै आएका छन् । बाली लगाउने बेला मटिहानीकै जस्तो समयमै भरपर्दो बीउ, मलखाद र कृषि ज्यावलको प्रबन्धमा सबै स्थानीय तहले पहलकदमी लिनुपर्ने जिल्लाका किसान बताउँछन् । (रासस)

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १० : ५० बजे

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।