पूर्वमाओवादीहरू एमालेमा हराउने संकेत, ७५ प्रतिशत पूर्वकेन्द्रीय सदस्य दुवै प्यानलमा परेनन् « Khabarhub

पूर्वमाओवादीहरू एमालेमा हराउने संकेत, ७५ प्रतिशत पूर्वकेन्द्रीय सदस्य दुवै प्यानलमा परेनन्


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण प्रक्रियाबाट एमालेमा नै रहेका पूर्व माओवादीहरूको अस्तित्व ११औँ महाधिवेशनमा संकटमा पर्ने अवस्था आएको छ ।

दुई प्यानल बनेर प्रतिस्पर्धा हुन लागेको महाधिवेशनमा अधिकांशले टिकट नै नपाउने र पाएकाले पनि प्रतिस्पर्धाबाट चुनौती चिर्ने सम्भवना कमजोर देखिएको हो ।

महाधिवेशनअगाडि एमाले केन्द्रीय समितिमा पदाधिकारीसहित ४० जना पूर्वमाओवादी थिए । तर, महाधिवेशनमा तीमध्ये ७५ प्रतिशतले कुनै पनि प्यानलबाट टिकट पाउन सकेनन् ।

बलियो मानिएको ओली नेतृत्वको प्यानलबाट पदाधिकारीमा रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टले टिकट पाएका छन् ।

तर, ईश्वर पोखरेल नेतृत्वको प्यानलमा उनीहरूको प्रतिस्पर्धीका रूपमा एमालेमा लामो समयदेखि योगदान पुर्याएका र इमान्दार तथा क्षमतावान छबि बनाएका गोकर्ण विष्ट, विन्दा पाण्डे, रघुजी पन्त, योगेश भट्टराई, आनन्दप्रसाद पोखरेल लगायतका नेताको उम्मेदवारी ।

जसले गर्दा पूर्वमाओवादी नेताहरूले प्रतिस्पर्धामा उत्रन निकै कठिन देखिएको चुनावी माहोलले देखाएको छ । त्यस्तै, केन्द्रीय सदस्यमा अन्य १४ जनाले उम्मेदवारी दिएका छन् ।

जसमध्ये ५ जना बाहेक अन्यको उम्मेदवारी स्वतन्त्र रहेको छ । जसमा जम्मा ५४० जनाले उम्मेदवारी दिएका छन् । ती उम्मेदवारमध्ये अधिकांश उम्मेदवारहरू हालको एमाले निर्माणमा निकै ठूलो योगदान गरेका व्यक्तिहरू देखिएका छन् ।

तत्कालीन नेकपा निर्माणको प्रक्रियासँगै ०७४ सालबाट एमालेमा जोडिएका अधिकांश पूर्व माओवादीको संगठन र सदस्यमा अत्यन्त कम पहुँच छ ।

जसले गर्दा प्यानलगत भोटको ग्यारेन्टी भएमा मात्र पूर्व माओवादीबाट एमालेमा प्रतिनिधित्व गर्ने व्यक्तिहरूले चुनाव जित्ने सम्भावना रहेको प्रस्ट देखिएको छ । अन्यथा महाधिवेशनपछिको एमालेमा पूर्व माओवादीको अस्तित्व निकै चुनौतीपूर्ण रहेको देखिन्छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १२ : ३५ बजे

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन