युरोप नेपाल हेल्थ अवार्ड नेपाल चिकित्सक संघलाई  « Khabarhub

युरोप नेपाल हेल्थ अवार्ड नेपाल चिकित्सक संघलाई 


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघले युरोप नेपाल हेल्थ अवार्ड २०२५ प्राप्त गरेको छ । सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपले नेपाल चिकित्सक संघलाई युरोप–नेपाल स्वास्थ्य पुरस्कार २०२५ प्रदान गरेको हो । 

युरोपमा सक्रिय रहेका नेपाली स्वास्थ्य सेवाकर्मीहरूको समाजले पुरस्कार स्वरुप संघलाई एक लाख रुपैयाँ र ताम्रपत्र प्रदान गरेको हो ।

सन् २०२५ मा नेपालमा रेजिडेन्ट चिकित्सकहरूको अधिकार र भत्ताहरू सुनिश्चित गर्ने संघर्ष र योगदानको कदर स्वरूप यो सम्मान प्रदान गरेको नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपले जनाएको छ ।

अवार्ड कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले सम्मानले थप जिम्मेवारी र काम गर्ने हौसला  बढेको बताए ।

कार्यक्रममा प्रा.डा.अञ्जनी कुमार झा, डा. अनिल विक्रम कार्की, डा. प्रमोद जोशी, डा. लोचन कार्की, डा. आनन्द प्रसाद श्रेष्ठ, डा. चोपलाल भुसाल, डा. रमेश कान्त अधिकारी, डा. बुद्धिमान श्रेष्ठ, डा. अनिल भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

संस्थाका खोजअनुसन्धान तथा विज्ञान विभागका निर्देशक डा। कौशल किशोर तिवारीले संस्थाको उद्देश्य र भावी योजनाबारे जानकारी दिँदै यस्ता अवार्ड कार्यक्रमलाई प्रत्येक वर्ष थप परिष्कृत र व्यवस्थित बनाउँदै लैजाने बताए । सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपले नेपालका स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १२ : ३६ बजे

सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’

काठमाडौँ– डा. भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर