युवा नेतालाई प्रश्न : महाधिवेशनपछि एमाले कस्तो होला ? « Khabarhub

युवा नेतालाई प्रश्न : महाधिवेशनपछि एमाले कस्तो होला ?



काठमाडौं । नेकपा एमाले ११औं महाधिवेशनको अन्तिम चरणमा छ । भृकुटीमण्डप परिसर एमालेका नेता तथा कार्यकर्ताहरुले भरिभराउ छ । तीनदेखि काठमाडौंबासी जामको चपेटामा परेका छन् । तर महाधिवेशन आफैँमा मेलामहोत्सव भन्दा कम्ता छैन ।

जेन–जी आन्दोलनपश्चात् राजनीतिक दलहरु निष्क्रिय बन्न पुगे । सत्ता छोडेर भाग्नुपर्ने स्थिति आयो । देशले ठूलो जनधनको क्षति बेहोर्नुर्‍यो । यो सबै विध्वंसको जिम्मा तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लिनुपर्ने आवाज उठिरहेको छ । विद्यार्थीमाथि गोली चलाइएको आरोप आन्दोलनकारीले ओलीमाथि लगाएका छन् ।

तर, आन्दोलनलाई कम आँकलन गरी एमाले चाहिँ संसद् पुनर्स्थापनाको पहलमा जुटिरहेको छ । अर्कातिर जेन–जी आन्दोलनको बलमा बनेकोअन्तरिम सरकार फागुन २१ मा चुनाव गराउने तयारीमा जुटिरहेको छ ।

नागरिकमा चुनाव हुने, नहुने संशय कायमै छ । जेन–जी आन्दोलनको प्रभावले प्रहरीसमेत मनोबल गिरेको अवस्थाबाट विस्तारै उठ्दैछ । चुनाव गराउने चाहिने स्रोत, साधन र पूर्वाधारको कमी टड्कारो छ । जनता चुनावप्रति अझै विश्वस्त हुन सकेका छैनन् ।

एमाले अब चुनावमा के भन्दै भोट माग्न जान्छ ? जनतालाई सुरक्षाको प्रत्याभूति कसरी गराउँछ ?महाधिवेशनपश्चात् नेकपा एमाले कस्तो बन्ला ? भनेर महाधिवेशन प्रतिनिधिहरुलाई प्रश्न गरिएको छ ।

राष्ट्रिय सुरक्षाको ग्यारेन्टी एमालेले गर्छ : रामकुमारी झाँक्री

विद्यार्थी नेता हुँदै मूलधारको राजनीतिमा उदाएकी नेता हुन्– रामकुमारी झाँक्री । स्पष्टवक्ता, निडर नेताको परिचय उनले बनाएकी छिन् । नेकपा एमाले फुटाएर माधवकुमार नेपालको हात समाउँदै उनी निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न गएको र ०६२, ०६३ को जनआन्दोलनमा प्रहरीको निर्मम प्रहारबाट लाठीबाट रक्तमुछेल बनेको फोटो आजपनि चर्चित छ ।

एकीकृत समाजवादी गठन भएपछि उनी केन्द्रीय सचिवसँगै तत्कालीन कांग्रेस माओवादी गठबन्धनमा सहरी विकासमन्त्री बनिन् । पछिल्लो समय माधव नेपाल प्रचण्डसँग एकता गर्न गएपछि कम्युनिष्टको सिद्धान्त बाँकी नरहेको भन्दै उनी पुनः एमालेमै फर्किएकी छिन् ।

महाधिवेशनस्थलमा निकै उर्जाका साथ देखा परेकी झाँक्रीले अबको महाधिवेशनपश्चात् देशको बागडोर नेकपा एमालेले सम्हाल्ने दाबी गरिन् । खबरहबसँग कुरा गर्दै उनले भनिन्, ‘राष्ट्रिय निर्णायक शक्तिको निर्माणको यो अभियान नेकपा एमालेले ने पुरा गर्छ । भोलिको बागडोर पनि यसैले सम्हाल्छ । कोही व्यक्ति हार्ने जित्ने भन्ने कुरा पार्टीको आन्तरिक मामिला हो । त्यो पार्टीले व्यवस्थपन गर्दै जान्छ ।’

‘एमालेले यस्तो शक्ति बनेर आयो जसले राष्ट्रिय आशा सिर्जना गरेको छ । जनताले आशा गुमाएको, शिर निहुरिएको, देश खरानी भएको अवस्थामा आशा सिर्जना गर्ने काम गरको छ । मिडियाले प्रसारण गरेको र सूचना पाएका आधारमा एमालेप्रति आम नागरिकले बनाएको आमधारणा परिवर्तन हुनेछ’ झाँक्री थप भन्छिन्, ‘आजभन्दा भोलि राम्रो हुने कुराको परिवर्तनलाई स्विकार गर्ने हो । भइरहेको संरचना जलाएर परिवर्तन खोज्ने मनस्थितिले नकारात्मक दिशानिर्देश गर्छ ।’

महाधिवेशनपछि पार्टी पहिले भन्दा संगठित, पुनर्गठित, पुनजागृत भएर अगाडी बढ्ने उनले बताइन् । एमालेसंगै जनताको भरोसाले जित्छ । यसले राष्ट्रिय सुरक्षाको ग्योरन्टी गर्छ । पछिल्लो दुई महिनामा एमालेले गरेको कामहरु अनुकरणीय छन् । क्लस्टरवाइज केन्द्रिय सदस्यहरुमा नौ जना युवा साथीहरु उपस्थित छ । खुलाबाट पनि साथीहरु आउनुहुन्छ । ठूलो संख्यामा नयाँ साथीहरुले केन्द्रिय कमिटिमा प्रवेश पाउनुहुनेछ ।’

छतमा बसेर चङगा उडाउनेहरुले जेन–जी आन्दोलनबाट सरकार परिवर्तन भएको भन्दैमा एमालेले उनीहरुको लोलीसँग बोली मिलाएर नबस्ने उनको भनाइ छ । ‘केपी ओलीको सरकार हुँदा विदेशी लगानी अहिले भटाभट बाहिरिएका छन् । सुरक्षा पहिले थियो ? कि अहिले छ ? नेपालमा व्यक्तिगत सम्पत्तिमाथि आगो लगाइने रहेछ भन्ने सन्देश दिनेहरु को हुन् ? सुरक्षाको प्रत्याभूत नहुँदा लगानीकर्ताहरु देश छोडेर भाग्ने स्थितिमा छन् ।’

परिवर्तन तुरुन्तै नदेखिन सक्छः उषाकिरण तिमल्सिना

एमालेमा निडर र विद्रोही चेतकी युवा नेताको रुपमा चिरपरिचित उषाकिरण नेतृत्व दोहोरिन हुँदैन भन्नेमा आफ्नो अडान रहेको बताउँछिन् । पार्टीको कारवाहीमा समेत परेकी उनी महाधिवेशनस्थलमा थोरै लचिलो भने भेटिइन् । पार्टीको आन्तरिक छलफलको बारेमा मिडियामा बोल्न उनलाई केही धक लागिरहेको थियो ।

तरपनि उनले परिवर्तनको पक्षमै रहेको बताइन् । उनले भनिन्, ‘परिवर्तन कहिलेकाहीँ तुरुन्तै नदेखिन सक्छ । समय लाग्न सक्छ ।तर मैले मात्रै भनेर हुँदैन । यस महाधिवेशनमा आउनुभएका सबै सार्वभौमसम्पन्न प्रतिनिधिहरुले गर्ने निर्णयनै अन्तिम हो । राजनीतिक दलभित्र विभिन्न कुराहरु हुन्छन् ।’

केन्द्रीय सदस्यखुला महिलामा उम्मेद्वारी दिएकी तिमल्सिनाले एमाले रुपान्तरण नभई समाज रुपान्तरण सम्भव नभएको दाबी गर्छिन्, ‘एमाले रुपान्तरणको बारेमा आन्तरिक फोरममा छलफल भएको छ । सबैभन्दा ठूलो दलको हिसाबले यो रुपान्तर नभइ समाज रुपान्तरण हुँदैन भन्ने मेरो व्यक्तिगत एजेण्डा हो । केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने ईश्वर पोखरेलले आफ्ना अवधारणा सार्वजनिक गरिसक्नुभएको छ । हामीले चाहेको कुरा त्यहाँ स्पष्ट छ ।’

‘एमालेले कस्तो विधि अपनाउँछ ? कस्तो अभ्यास गर्छ ? समाजले के सिक्छ ? भन्ने कुरा महत्वपूर्ण छ । विधिलाई बलियो बनाएर जनताको विश्वास जित्नुपर्ने हुन्छ । किनभने हामी चुनावमा जाँदै गर्दा एमालेप्रति जनताको विश्वास आवश्यक पर्छ’ उनले भनिन् ।

एमाले थप सुदृढ भएर आउँछ : ठाकुर गैरे

केन्द्रीय सदस्य ठाकुर गैरेले महाधिवेशनपश्चात् नेकपा एमाले थप सुदृढ भएर आउनेमा विश्वस्त देखिन्छन् । खबरहबसँग कुरा गर्दै उनले भने, ‘केन्द्रीय कमिटिको निर्वाचन गर्ने सम्पूर्ण निर्णय गर्ने त्यो गाली गर्ने ठाउँ अब महाधिवेशन प्रतिनिधिहरुको हातमा पुगेको छ । उहाँहरुले गर्ने विवेकपूर्ण निर्णयले एमालेलाई अरु थप एकताबद्ध, गतिशील, सुदृढ बनाउनको लागि उपयुक्त हुनेछ । पार्टीको आन्तरिक एकतालाई पनि एकतावद्ध राख्ने हिसाबले पनि प्रतिनिधिहरुबाट उचित फैसला हुन्छ भन्नेमा विश्वस्त छु ।’

‘नेताहरुको बीचमा अझै छलफल गरेर जति जान चाहने हो त्यति जनाको उमेद्वारी कायम रहेर फेरि यो सहमतिका साथ टुङगिने अवस्थामा पुगोस् भन्ने मेरो व्यक्तिगत चाहना हो’ गैरे थप्छन्,‘त्यसको लागि अनुरोध र प्रत्यन्त गरिहेको छु । तर सहमतिका साथ हुन सकेन भने हामी अन्तिममा फेरिपनि प्रतिस्पर्धामा गयौ भने त्यहाँबाट आउने नतिजाले पार्टीलाई एकताबद्ध राख्छ ।’

राष्ट्रियताप्रति एमालेको अडान प्रशंसनीय छ : मनकुमारी केसी (जिसी)

पोलिटब्युरो सदस्य तथा बागलुङ जिल्ला इञ्चार्ज मनकुमारीजिसी केपी ओली बालबालिका युवा तथा महिलामैत्री नेता रहेको बताउँछिन् । खुला सदस्यमाउम्मेदवार घोषणा गरेकी उनले ओलीलाई अध्यक्ष बनाएर काम गर्ने रुचि रहेको धारणा राखेकी छिन् । उनी भन्छिन्, ‘देशको निर्णायक शक्ति नेकपा एमालेलाई बनाउने समृद्ध नेपाल सुखी नेपाली बनाउने समाजवादको यात्रा तय भएको छ । यसलाई पूर्णता दिनको लागि कुशल नेतृत्व केपी शर्मा ओली नै हो ।’

‘उहाँलाई अध्यक्ष बनाएर त्यो टिममा रहेर काम गर्ने हो । केपीलाई नजिकबाट चिन्न नसकेकाहरुले अब अध्यक्षमा हुँदैन भनेका हुन् । राष्ट्रियताप्रतिको अडान, देशको सुरक्षा, शान्ति सुव्यवस्थामा लिएको अडान प्रशंसायोग्य छ’ उनी थप भन्छिन्, ‘नबुझेर युवाहरु भड्काउमा परे । ओलीले जस्तो बालबालिका, युवा, महिला माया गर्ने अर्को नेता छैन । युवाहरुको आकर्षणको केन्द्र हुन्–ओली । ’

‘जेन–जीहरुले विद्रोह ओलीप्रति लक्षित थिएन । लोकतन्त्रको हत्या, व्यवस्थाप्रति, देशको स्वाधिनतातर्फ लक्षित थिएन । यो विध्वंशले नागरिकलेआफ्नै देशको घाँटी रेट्ने काम गरेका छन् । युवाहरुको मनमुटुमा बस्न सफल नेता हुन् । दुईचार जनाले ओली सकिए भन्ने भाष्य निमार्ण गर्न खोज्दैछन् । तर त्यो साँचो होइन’ उनले भनिन् ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  २ : ५८ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद