प्रदिपले छाडेपछि उपाध्यक्षका लागि रघुजीलाई अवसर « Khabarhub

प्रदिपले छाडेपछि उपाध्यक्षका लागि रघुजीलाई अवसर


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको उपाध्यक्ष पदका लागि ओली समूहले रघुजी पन्तलाई आफ्नो प्यानलमा समावेश गरेको छ।

ओली समूहका एक शीर्ष नेताका अनुसार उपमहासचिव प्रदिप ज्ञवाली उपाध्यक्ष पदमा नजाने भएपछि उनको स्थानमा पन्तलाई अघि सारिएको हो। पन्तले यसअघि उपाध्यक्ष पदका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराइसकेका थिए।

महासचिव पद नपाएपछि ज्ञवालीले उपाध्यक्ष पद छाडेपछि उक्त स्थानमा पन्तलाई समेटिएको ती नेताले खबरहबसँग बताए।

‘भीम आचार्यभन्दा रघुजी पन्त उपयुक्त हुने निष्कर्षमा पुग्यौं। भूगोलगत सन्तुलनका हिसाबले पनि उहाँलाई समेटिएको हो,’ ती नेताले भने, ‘अध्यक्ष केपी शर्मा ओलीले पन्त हाम्रो टिमकै मान्छे हो भनेर फोनमार्फत स्पष्ट गर्नुभएको छ।’

यस विषयमा प्रतिक्रिया लिन खोज्दा रघुजी पन्तसँग भने सम्पर्क हुन सकेन।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ३ : ०२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन