प्रदिपले छाडेपछि उपाध्यक्षका लागि रघुजीलाई अवसर « Khabarhub

प्रदिपले छाडेपछि उपाध्यक्षका लागि रघुजीलाई अवसर


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको उपाध्यक्ष पदका लागि ओली समूहले रघुजी पन्तलाई आफ्नो प्यानलमा समावेश गरेको छ।

ओली समूहका एक शीर्ष नेताका अनुसार उपमहासचिव प्रदिप ज्ञवाली उपाध्यक्ष पदमा नजाने भएपछि उनको स्थानमा पन्तलाई अघि सारिएको हो। पन्तले यसअघि उपाध्यक्ष पदका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराइसकेका थिए।

महासचिव पद नपाएपछि ज्ञवालीले उपाध्यक्ष पद छाडेपछि उक्त स्थानमा पन्तलाई समेटिएको ती नेताले खबरहबसँग बताए।

‘भीम आचार्यभन्दा रघुजी पन्त उपयुक्त हुने निष्कर्षमा पुग्यौं। भूगोलगत सन्तुलनका हिसाबले पनि उहाँलाई समेटिएको हो,’ ती नेताले भने, ‘अध्यक्ष केपी शर्मा ओलीले पन्त हाम्रो टिमकै मान्छे हो भनेर फोनमार्फत स्पष्ट गर्नुभएको छ।’

यस विषयमा प्रतिक्रिया लिन खोज्दा रघुजी पन्तसँग भने सम्पर्क हुन सकेन।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ३ : ०२ बजे

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा