‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’ « Khabarhub

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक स्वास्थ्य समस्या कुनै कमजोरी नभएको बताएका छन् । 

उनले यो शारीरिक रोगजस्तै उपचारयोग्य अवस्था रहेको बताए । सरकारले सञ्चालन गरिरहेको ‘मानसिक स्वास्थ्य सचेतना अभियान’को सन्दर्भमा मंगलबार एक भिडियो सन्देश जारी गर्दै उनले पूर्णरूपमा स्वस्थ र आरोग्य जीवनका लागि शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य पनि त्यत्तिकै महत्त्वपूर्ण रहेको बताए ।

मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिप्रति भेदभाव नगर्न र आफ्ना परिवारको मानसिक स्वास्थ्यको ख्याल गर्न उनले आग्रह गरे । 

सचिव डा.देवकोटाले भने, ‘यस अभियानलाई सफल बनाउन तीनै तहका सरकारलगायत सम्बन्धित सरोकारवाला निकाय सबैबाट सकृय सहभागिताको अत्यन्त आवश्यक छ । यो अभियानमा सबैले खुलेर कुरा गर्न, एक अर्कालाई सुन्न र सकृय सहभागिताका लागि आह्वान गर्दछु ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत मङ्सिर २४ देखि आगामी फागुन ३० सम्म ‘स्वास्थ्य मन, स्वास्थ्य जीवन-मनको कुरा गरौँ’ भन्ने नारासहित मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ३ : ४९ बजे

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा