रेडपाण्डा म्याराथन : पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते « Khabarhub

रेडपाण्डा म्याराथन : पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

फिक्कल– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज इलाममा आयोजित ‘रेडपाण्डा म्याराथन’को उपाधि पुरुषतर्फ गजेन्द्र राई र महिलातर्फ निर्मला राईले जितेका छन् ।

इलाम सदरमुकामदेखि नेपाल–भारत सीमाक्षेत्र सन्दकपुर डाँडासम्मको निर्धारित ४४.२ किलोमिटर दूरी गजेन्द्र राईले ४ घण्टा १२ मिनेट १० सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । उनले उपाधिसँगै नगद एक लाख ५० हजार पुरस्कार प्राप्त गरे । 

महिलातर्फकी निर्मला राईले पाँच घण्टा २० मिनेट ३६ सेकेण्डमा दौड पूरा गरिन् । उनले उपाधिसँगै नगद एक लाख ५० हजार पुरस्कार प्राप्त गरिन् । 

चार घण्टा १३ मिनेट ५९ सेकेण्डमा निर्धारित दूरी पार गर्दै पुरुषतर्फ करण रावल दोस्रो भए । उनले नगद एक लाख पुरस्कार प्राप्त गरे । तेस्रो स्थान प्राप्त कर्णबहादुर रोक्काले चार घण्टा १९ मिनेट ३८ सेकेण्डमा निर्धारित दूरी पार गर्दै नगद ५० हजार प्राप्त गरे भने चौथो स्थान प्राप्त गरी श्रीकास राईले नगद ३० हजार पुरस्कार प्राप्त गरे । 

विजेता सबै विभागीय टिम त्रिभुवन आर्मी क्लबको भएको आयोजक दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिए । सुनसरी रोकायले पाँच घण्टा ४० मिनेट ३९ सेकेण्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ दोस्रो भइन् । उनले पनि नगद १ लाख पुरस्कार प्राप्त गरिन् । 

तेस्रो स्थान प्राप्त गर्दै कल्पना बुढाले नगद ५० हजार र चौथो स्थान प्राप्त गरी राज्यलक्ष्मी शाक्यले नगद रु ३० पुरस्कार प्राप्त गरिन् ।

त्यसैगरी स्थानीय विधातर्फको उपाधि राजेन्द्र म्याङ्बो जितेका छन् । उनले नगद रु २५ हजार पुरस्कार प्राप्त गरे । विशाल राई दोस्रो भए । उनले नगद रु २० हजार,  तेस्रो स्थान प्राप्त रमेश लिम्बूले नगद रु १० हजार र चौथो स्थान प्राप्त टङ्क आले मगरले नगद रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

म्याराथनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतकासमेत गरी पुरुषतर्फ ६२ जना र महिलातर्फ ११ जना धावकहरू सहभागी थिए । धावकहरूले इलाम सदरमुकामस्थित चोक बजार (११२० मिटर उचाइ) बाट सन्दकपुरडाँडा (३६१० मिटर उचाइ) सम्म दौडेका थिए । 

रेडपाण्डा नेटवर्क, सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाको सहयोगमा दीपज्योति युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो । लोपोन्मुख रेडपाण्डा (हाब्रे) संरक्षण, खेलकुद र पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको म्याराथनले सन्दकपुर गाउँपालिकाको मात्र नभइ समग्र इलामको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले बताए। 

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ५ : ०१ बजे

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल