अन्तर्राष्ट्रिय आप्रवासन दिवस साताव्यापी रूपमा मनाइने  « Khabarhub

अन्तर्राष्ट्रिय आप्रवासन दिवस साताव्यापी रूपमा मनाइने 


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापी रुपमा मनाउन सुरु गरेको जनाएको छ ।

मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले पौष १ देखि ७ गतेसम्म श्रमिकको योगदानको सम्मान र अधिकारको संरक्षणलाई केन्द्रित गर्दै अन्तर्राष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापी रुपमा मनाउन सुरु गरेको जनाएको हो ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले दिवसका अवसरमा पुस ३ गते बिहीबार मूल समारोहका साथै रक्तदान, स्वास्थ्य शिविर, खेलकुद प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

श्रमिकको योगदानको सम्मान र अधिकारको संरक्षणलाई केन्द्रमा राखेर दिवस मनाउन व्यवस्थापन समिति गठन गरिएको उनले बताए ।

त्यस्तै उनले सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएपछि पुस ८ गतेदेखि लागू हुने गरी श्रमिकको ठगी रोक्ने र सुरक्षालाई ध्यान दिँदै विशेष हेल्प सेन्टर सञ्चालन गर्ने तयारी भएको जानकारी दिए । 

सरकारले यसवर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवसको राष्ट्रिय नारा श्रम आप्रवासनका चक्रमा सुशासन ट्ठ सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन तय गरेको छ । 

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ५ : ११ बजे

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा