अन्तर्राष्ट्रिय आप्रवासन दिवस साताव्यापी रूपमा मनाइने  « Khabarhub

अन्तर्राष्ट्रिय आप्रवासन दिवस साताव्यापी रूपमा मनाइने 


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापी रुपमा मनाउन सुरु गरेको जनाएको छ ।

मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले पौष १ देखि ७ गतेसम्म श्रमिकको योगदानको सम्मान र अधिकारको संरक्षणलाई केन्द्रित गर्दै अन्तर्राष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापी रुपमा मनाउन सुरु गरेको जनाएको हो ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले दिवसका अवसरमा पुस ३ गते बिहीबार मूल समारोहका साथै रक्तदान, स्वास्थ्य शिविर, खेलकुद प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

श्रमिकको योगदानको सम्मान र अधिकारको संरक्षणलाई केन्द्रमा राखेर दिवस मनाउन व्यवस्थापन समिति गठन गरिएको उनले बताए ।

त्यस्तै उनले सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएपछि पुस ८ गतेदेखि लागू हुने गरी श्रमिकको ठगी रोक्ने र सुरक्षालाई ध्यान दिँदै विशेष हेल्प सेन्टर सञ्चालन गर्ने तयारी भएको जानकारी दिए । 

सरकारले यसवर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवसको राष्ट्रिय नारा श्रम आप्रवासनका चक्रमा सुशासन ट्ठ सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन तय गरेको छ । 

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ५ : ११ बजे

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ – पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६