अर्थसंक्षेप : पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता, करोडौँ खर्चिएका फिल्म सिटीका संरचना बेवारिसे र ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा « Khabarhub

अर्थसंक्षेप : पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता, करोडौँ खर्चिएका फिल्म सिटीका संरचना बेवारिसे र ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो पाँच महिनामा नेपालले ३८ अर्ब ५९ करोड ६६ लाख ४४ हजार ५५२ रुपैयाँ को कुल वैदेशिक प्रत्यक्ष लगानी प्रतिबद्धता प्राप्त गरेको छ ।

उद्योग विभागका अनुसार सो अवधिमा कुल ४३८ परियोजनाहरूमा सो विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको हो ।

क्षेत्रगत रूपमा वैदेशिक लगानी प्रतिबद्धता रकमको विश्लेषण गर्दा, कृषि तथा वनमा आधारित उद्योगहरूले सबैभन्दा ठूलो हिस्सा ओगटेका छन् । यस क्षेत्रमा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ को लगानी प्रतिबद्धता आएको छ, जुन कुल प्रतिबद्धताको ५७ प्रतिशत हो ।

लगानी आकर्षित गर्ने दोस्रो प्रमुख क्षेत्र पर्यटन रहेको छ । पर्यटन क्षेत्रमा १० अर्ब १२ करोड २० लाख ५० हजार रुपैयाँ को प्रतिबद्धता प्राप्त भएको छ, जसले कुल लगानीको २६ प्रतिशत हिस्सा ओगटेको छ । यसपछि सेवा क्षेत्रमा ९ प्रतिशत अर्थात् ३ अर्ब ३८ करोड ६० लाख रुपैयाँको प्रतिबद्धता आएको छ ।

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न चेम्बर निवर्तमान अध्यक्षको आग्रह 

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा 

विकास तथा भवन निर्माणमा ४८ करोडका योजना

करोडौँ खर्चिएर निर्माण गरिएका फिल्म सिटीका भौतिक संरचना बेवारिसे !

जिल्लाको भीमेश्वर नगरपालिका–९, लाँकुरीडाँडास्थित पर्यटकीय गन्तव्यको रूपमा रहेको डाङडुङेमा बन्ने भनिएको फिल्म सिटी निर्माण कार्य अलपत्र पर्दा तत्कालीन समय निर्माण गरिएका आधा दर्जन भौतिक संरचना अहिले बेवारिसे बनेका छन् ।

केही वर्ष अघि प्रदेश सरकारले चलचित्र विकास बोर्ड मार्फत करोडौँ बजेट खर्च गरेर निर्माण गरिएको भौतिक संरचनाहरू आयोजना नै अलपत्र बन्दा बेवारिसे बन्न पुगेका हुन् ।

पछिल्ला ३ वर्ष देखि चलचित्र विकास बोर्ड,संघीय सरकार तथा प्रदेशबाट बजेट विनियोजन नहुँदा पहिलो र दोस्रो चरणमा निर्माण गरिएका भवन सहित भौतिक संरचना बेवारिसे बन्न पुगेको पाइएको छ ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने

कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दाट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् ।

सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गा अघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बीबीसीविरुद्ध उक्त मुद्दा दायर गरेका हुन् ।

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रूख काटियो

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ७ : ०२ बजे

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले