निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा « Khabarhub

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै मिति आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन् । 

निर्वाचन आयोगले आज आयोजना गरेको निर्वाचन केन्द्रित छलफलमा उनले भने, ‘यदी हामी लोकतन्त्रमाथि विश्वास राख्छौँ भने र यसलाई परिस्कृत गर्दै लिएर जान चाहन्छौँ भने निर्वाचन तोकिएकै समयमा हुनुपर्छ, कसैले संविधान संशोधन गर्नुपर्ने, कसैले निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने माग गर्दै आएका छन्, यो स्वभाविक हो, तर त्यसका लागि पनि वर्तमान सरकारले निर्वाचनमार्फत परिस्कृत र संविधान मान्ने वा बुझ्ने व्यक्तिलाई प्रतिनिधिसभामा पठाउन चाहेको छ ।’
    
मन्त्री सिन्हाले अब हुने प्रतिनिधिसभा र प्रतिनिधिसभाको निर्वाचनमार्फत समक्ष तथा जनताको चाहनाअनुसारको नेतृत्व आउने विश्वास व्यक्त गरे । जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व हुनुपर्ने सवालमा उनले त्यसका लागि कानुनमा आवश्यक परिमार्जन गर्नुपर्ने बताए। 

मन्त्री सिन्हाले निर्वाचनका लागि राजनीतिक दल  तयार हुँदै गएका र समग्रमा निर्वाचनको वातावरण बन्दै गएको उल्लेख गर्दै आयोगले अहिलेसम्म गरेको निर्वाचन तयारीका लागि धन्यवाद दिए । 

उनले भने, ‘निर्वाचन आयोगले विषम परिस्थितिमा निर्वाचन केन्द्रित हुने वातावरण बनाउँदै गएको छ, यो सकारात्मक छ, यसलाई आफैँ सक्रिय बनाउनु होला, सँगसँगै राजनीतिक संवादलाई पनि निरन्तर अगाडि बढाउन मेरै संयोजकत्वमा समिति पनि गठन भएको छ, हामी त्यहाँ पनि छलफल गर्छौं र कसरी चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न सकिन्छ भनेर फेरि पनि कार्ययोजना बनाउँदैछौँ ।’
    
आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई सकेसम्म कम खर्चिलो बनाउँदै सक्षम जनप्रतिनिधि, संविधानको पालक जनप्रतिनिधिलाई सदनमा पठाउनुपर्ने उनको भनाइ छ ।  

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ७ : २५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन