मेरो माइक्रोफाइनान्सको साधारण सभा आज « Khabarhub

मेरो माइक्रोफाइनान्सको साधारण सभा आज


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा आज बस्दै छ । सभामा संस्थाले ७.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९४७ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।

त्यस्तै, कम्पनीमा रहेको संस्थापक सेयरधनीको स्वामित्व ५९.४० प्रतिशतबाट घटाएर ५१ प्रतिशत र सर्वसाधारण सेयर धनीको स्वामित्व ४०।६० प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुर्‍याउने एजेन्डा पनि छ । सभा, सिद्धार्थ होटेल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभा हलमा बिहान साढे ११ बजे सुरु हुनेछ ।  

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा भाग लिन सक्नेछन् ।

यस्तै, आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ। सभामा सर्वसाधारण सेयर धनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । 

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ९ : ०७ बजे

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू