‘अध्यादेशबाट शासन गर्ने सरकारको कार्यशैली ठिक भएन’  « Khabarhub

‘अध्यादेशबाट शासन गर्ने सरकारको कार्यशैली ठिक भएन’ 


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विवेकशील साझा पार्टीले सांसदबाटै कानून बनाउन माग गरेको छ । दुई तिहाइ नजिकको सरकार अध्यादेश मोह, कुशासनको प्रतीक हुने भन्दै संसदबाटै कानून बनाउन माग गरेको हो । 

सामान्य अवस्थामा पनि संसदीय प्रणालीलाई छलेर अध्यादेशमार्फत शासन गर्ने गठबन्धन सरकारको शैलीप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण बताएको छ । 

शुक्रबार विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले विज्ञप्ति जारी गर्दै सरकारले हिउँदे अधिवेशन बोलाएर दफावार छलफल पछि कानुन निर्माण गर्नुको सट्टा अत्यन्त विशिष्ट अवस्थामा अभ्यास गरिने अध्यादेशलाई रोज्नु सरकारको कुतसित नियत भएको बताएका छन् । 

यस्तो छ विज्ञप्ति

दुई तिहाइ सन्निकट सरकारको अध्यादेश मोह, कुशासनको प्रतिक संसदबाटै कानुन बनाउन विवेकशील साझाको माग सामान्य अवस्थामा पनि संसदीय प्रणालीलाई छलेर अध्यादेश मार्फत शासन गर्ने गठबन्धन सरकारको शैलीप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

सरकारले हिउँदे अधिवेशन बोलाएर  दफावार छलफल पछि कानुन निर्माण गर्नुको सट्टा अत्यन्त विशिष्ट अवस्थामा अभ्यास गरिने अध्यादेशलाई रोज्नु सरकारको कुतसित नियत भएको विवेकशील साझाको ठहर छ।

सामान्य अवस्थामा अध्यादेश मार्फत राज्यलाई दीर्घकालीन असर गर्ने कानुन निर्माण गर्नु संवैधानिक मर्म, लोकतान्त्रिक मूल्य र मान्यता विपरीत छ।  सामान्य लोकतान्त्रिक मूल्य,मान्यताहरूलाई समेत अवमूल्यन गर्दै सांसदलाई छलेर कानुन निर्माण गर्नु जनताको प्रतिनिधित्व गर्ने निकाय सांसदलाई पङ्गु बनाउने सरकारको नियत छर्लङ्ग देखिएको छ।

जनचासोका सवालहरू, सामरिक महत्त्व विषय र दीर्घकाल प्रभाव पार्ने कानुनहरू सरोकारवालाहरुसंगको व्यापक छलफल,विमर्श र बहस पछि संसद् प्रवेश गरी जनप्रतिनिधिहरूले अपनत्व लिएर पास गर्नु पर्ने संसदीय लोकतन्त्रको एउटा महत्त्वपूर्ण अभ्यास हो। 

विडम्बना सांसदलाई छलेर  सरकारले अध्यादेश मार्फत सीमित व्यक्तिहरूको स्वार्थपूर्तिका लागि कानुन निर्माण गर्नु अत्यन्त बदनियत पूर्ण रहेको हाम्रो ठहर छ।

विवेकशील साझा पार्टी संवैधानिक मर्म, लोकतान्त्रिक प्रक्रिया र पारदर्शिताको अभ्यास विपरीत अध्यादेश मार्फत शासन गर्ने प्रयासको घोर भर्त्सना गर्दै अविलम्ब अध्यादेश फिर्ता गर्न र संसदको अधिवेशन आव्हान गर्न सरकारसँग जोडदार माग गर्दछ।

आशुतोष प्रधान

प्रवक्ता

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १२ : ५० बजे

ट्रम्प र नेतन्याहूको हत्या गर्नेलाई इरानले ८०० करोड पुरस्कार दिने

तेहरान- इरानको संसद्ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री

गत आर्थिक वर्षमा गुगल, मेटा लगायतका कम्पनीले बुझाए ४० करोड बढी कर

काठमाडौं– गत आर्थिक वर्ष ०८१-८२ मा गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट,

दार्चुलामा प्रधानाध्यापक मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ

दार्चुला- दार्चुलाको एक विद्यालयका प्रधानाध्यापक झुण्डिएको अवस्थामा मृत फेला परेको

नेप्से परिसूचकमा ६.५१ अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोज कुमार शर्माको नाम