सात विपक्षीले भने, ‘सरकारले भ्रष्टाचारी जोगायो, सत्तारुढ नेताका फाइल बन्द गर्‍यो « Khabarhub

सात विपक्षीले भने, ‘सरकारले भ्रष्टाचारी जोगायो, सत्तारुढ नेताका फाइल बन्द गर्‍यो


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसद्‍का विपक्षी दलहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारीलाई संरक्षणमा लागेको आरोप लगाएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले सबै दलको धारणा सार्वजनिक गर्दा यसो भनेका हुन् ।

प्रतिपक्षी सात राजनीतिक दलले जारी गरेको वतव्यमा संघीय संसद्को नियमित हिउँदे अधिवेशन बोलाएर कानुन निर्माण नगरी, संसदीय समितिमा छलफलको क्रममा रहेका विधेयकहरू फिर्ता नलिई अध्यादेशमार्फत कानुनहरू जारी गर्ने सरकारको कामप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘सरकारको यो कदमबाट संविधानको मर्म तथा भावनामाथि प्रहार भएको छ । यसका साथै संसदीय प्रणालीको उपहास गर्ने खतरनाक, स्वेच्छाचारी र निरङ्कुश प्रवृत्ति प्रदर्शन सरकारले गरेको छ’, विपक्षीले भनेका छन् ।

सरकार अध्यादेशको सहारामा चलेकोमा उनीहरूको आपत्ति छ । ‘हामी प्रतिपक्षी दलहरू सरकार र सत्तारुढ गठबन्धनका दलहरूको निहित स्वार्थ पूर्तिका लागि सांसदलाई छलेर राष्ट्रको दूरगामी भविष्यमा गम्भीर असर पार्ने प्रकृतिका कानुनहरू अध्यादेशमार्फत ल्याउने यो कदमको घोर भर्त्सना गर्दछौँ,’विपक्षीले साझा वक्तव्यमा भनेका छन्, ‘सरकारले भ्रष्टाचारविरोधी अभियानलाई पूरै अवरुद्ध गरेको छ । भ्रष्टाचारीलाई जोगाएको छ । भ्रष्टाचार बढाएको छ । विगतमा अघि बढाइएका गिरिबन्धु टी-स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बाल मन्दिर तथा स्काउटका जग्गा लगायतका भ्रष्टाचारका फाइल बन्द हुन पुगेका छन् । सत्तारुढ दलका भ्रष्टाचारमा मुछिएका नेता तथा कार्यकर्तालाई यो वा त्यो बहानामा उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ ।’

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ४ : ०१ बजे

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बीपी स्मृति दिवसमा कांग्रेसबाट ‘ग्रिन रन’ आयोजना

काठमाडौँ– नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन