जाडो छल्न १२० विद्यार्थीलाई न्यानो कपडा वितरण « Khabarhub

जाडो छल्न १२० विद्यार्थीलाई न्यानो कपडा वितरण


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

 पथरी– मोरङको पथरी-शनिश्चरे वडा नम्बर १० मा रहेको जालपादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।

कक्षा १ देखि ८ कक्षासम्मका १२० विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमकाबीच न्यानो कपडा वितरण गरिएको हो । तराईमा हुस्सु/कुहिरोका कारण चिसो बढिरहेका बेला विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

देवराज थापा, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोखरेल, डाँस-मोरङ्गी सामुदायिक वनका अध्यक्ष हरि निरौला, अमेरिका निवासी प्रदीप कट्वाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पाख्रिन, नरेन्द्र गुरुङ, खगेन्द्रबहादुर थापा, सन्तोष कठायत, नवीन श्रेष्ठ, हेमा भट्टराई, मीना कुमारी तामाङ, नरेन्द्र योञ्जन, उमेश कार्की र खगेन्द्र खड्काले करिब १ लाख ६२ हजार रुपैयाँ आर्थिक सहयोग गरी उक्त कपडा उपलब्ध गराएका थिए।

उक्त रकमले १२० थान ट्रयाक सुट र भेष्ट खरिद गरी विद्यार्थीलाई वितरण गरिएको थियो।

कपडा वितरण कार्यक्रममा पथरी-शनिश्चरे नगर प्रमुख मोहन तुम्वापो, वडाका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ५ : १२ बजे

बकैयामा २९ टन खरबुजा उत्पादन

मकवानपुर– बाग्लुङको काठेखोला गाउँपालिका–२ मा स्थायी घर भई हाल काठमाडौँ महापालिका–२६

अमेरिकी राष्ट्रपति ट्रम्प र इराकी प्रधानमन्त्री जैदीबीच भेटवार्ता हुने : दूतावास

वाशिङ्टन- आगमाी जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री

बजेट कार्यान्वयनमा कुनै समस्या आउँदैन : मन्त्री लिङ्थेप

काठमाडौं– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले

ट्राफिक नियम उल्लङ्घनमा कडाइ गर्न ५ हजारदेखि ५० हजारसम्म जरिवानाको प्रस्ताव

काठमाडौं– पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक नियम उल्लङ्घनमा

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल