‘ढोका खोले सबैभन्दा पहिला माधव नेपाल एमालेमा छिर्छन्’ « Khabarhub

‘ढोका खोले सबैभन्दा पहिला माधव नेपाल एमालेमा छिर्छन्’


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)लेका महासचिव शंकर पोखरेलले पार्टीले ढोका खुल्ला गरे एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सबैभन्दा पहिला अघि प्रवेश गर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एनललगायत नेताहरूलाई प्रेस चौतारीमा स्वागत गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

१५ वर्ष पार्टीको मूल नेतृत्व सम्हालेका नेपालले एमालेलाई विभाजन गराउन प्रमुख भूमिका खेलेकै कारण प्रवेशको ढोका बन्द गरेको उल्लेख गर्दै महासचिव पोखरेलले समाजवादीका अन्य सबै नेता कार्यकर्तालाई स्वागत गर्न तयार रहेको बताए ।

‘एमाले छोडेर समाजवादीमा लागेका देशभरका नेता तथा कार्यकर्तालाई आफूले लामो समय योगदान गरेको पुरानो घर (एमाले)मा फर्किन म आब्हान गर्दछु’, स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भने, ‘ठूलो भाग खोज्ने माधव नेपालले अहिले आफ्नो हैसियत देख्नु भएको छ । अब उहाँले जति नै रोईकराई गरेपनि देशभरका नेता कार्यकर्ताको एमाले प्रवेश लहरलाई रोक्न सक्नुहुन्न ।’

एमाले भित्र मत राख्न पाइँदैन, बहस गर्न पाइँदैन भन्ने भाष्य बनाएर गएका नेपालले समाजवादी प्रेस संगठनका अध्यक्षलाई २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण सोधेर प्रेस चौतारी प्रवेश गर्ने वातावरण बनाएको उनले उल्लेख गरे ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ५ : ४४ बजे

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६