वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग « Khabarhub

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ’सत्य र न्यायको खोजी अभियान’ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोध गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । 

शुक्रबार बार परिसर रामशाहपथमा पत्रकार सम्मेलन गर्दै अभियानका तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले सहकारीजस्तो संवेदनशील मुद्दामा पीडितका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण हुनु निन्दनीय रहेको भन्दै दोषीलाई कारबाही गर्न माग गरे ।

उनले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण हुँदा पनि सरोकारवाला निकायले कुनै धारणा सार्वजनिक नहुनु दुखद भएको बताए । त्रिपाठीमाथि आक्रमण गरेको सिसिटिभि फुटेज समेत स्पष्ट देखिएको भन्दै श्रेष्ठले दोषीलाई अविलम्ब कानूनी दायरामा ल्याउन माग गरे ।

उनले वरिष्ठ अधिवक्तामाथि भएको आक्रमण अदालतमाथिको आक्रमण भएको उल्लेख गरे  । वरिष्ठ अधिवक्तामाथि आक्रमण हुँदा बार एशोशियसन मौन रहनु उचित नभएको उनको भनाइ छ ।

यही बुधबार काठमाडौँ जिल्ला अदालतमा सङ्गठित अपराध र ठगी मुद्दामा थुनछेक बहस गरी अदालतबाट बाहिर निस्किने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ६ : २७ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा