भद्रपुरमा शून्य खनजोतमा मकैखेती « Khabarhub

भद्रपुरमा शून्य खनजोतमा मकैखेती


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

झापा – यहाँस्थित भद्रपुर नगरपालिकाले नवीनतम कृषि प्रविधि प्रदर्शनी कार्यक्रमअन्तर्गत शून्य खनजोतमा मकैखेती सुरु गरेको छ ।

लागतमा कमी तथा बाँझो जमिनलाई उपयोग गर्ने उद्देश्यका साथ यो खेती प्रणाली सुरु गरिएको कृषि विकास अधिकृत सुमन विमलीले जानकारी दिए । यस कार्यक्रमले स्थानीय किसानमा नयाँ कृषि प्रविधितर्फ आकर्षण बढाउनुका साथै परम्परागत खेती प्रणालीमा परिवर्तन ल्याउने अपेक्षा गरिएको उनले बताए ।

यस प्रविधिले माटोको संरचनालाई जोगाइ पानीको सदुपयोग, माटोको उर्वरा शक्ति बढाउन र मलखादको प्रयोगलाई कम गर्दै वातावरणीय सन्तुलन कायम राख्न समयोग पुर्‍याउने विमलीले उल्लेख गरे । प्रदर्शनी कार्यक्रममा कृषि विज्ञहरूद्वारा शून्य खनजोत खेतीको विधि, फाइदा र यसको व्यावहारिक पक्षबारे विस्तृत जानकारी गराएका थिए ।

प्रदर्शनीमा दुई वर्षदेखि बाँझो रहेका चौर, धान काटेपछिको बाँझो जमिन र एकपटक जोतेको करिब छ बिघा जमिनमा अल राउन्डर र सिपी गरी दुई जातका बीउ तीन तरिकाले लगाइएको थियो । प्रदर्शनी हेर्न आएका किसान श्रम र लागत कम हुनका साथै उत्पादन बढ्ने भएपछि उत्साहित भएका कृषि विकास अधिकृत सुमन विमलीले बताए ।

नगरपालिकाले शून्य खनजोत खेतीलाई प्रोत्साहन गर्न विभिन्न किसिमका अनुदान र सहुलियतमा कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए । किसानलाई आधुनिक कृषि प्रविधिसँग जोडन सके मात्र लाभ हुने भन्दै सोका लागि तयारीस्वरुप प्रदर्शनी कार्यक्रम थलानी गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ११ : १२ बजे

२००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने

लन्डन- बेलायतले भावी पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन

सम्भावित एकताका लागि सुदन र हर्क छलफलमा

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रलोपा छोडेर

मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान

बागमती– बाघलगायत वन्यजन्तुबाट हुने क्षतिका घटना घटाउन पर्सा राष्ट्रिय निकुञ्जले

होर्मुज खुलाउन इरानद्वारा अस्वीकार

तेहरान– अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल

बालेन सरकारले उल्ट्यायो ओली सरकारको निर्णय, एकेडेमीको जग्गा प्रहरीलाई नै फिर्ता

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा