अन्तरिक्षमा दुई ओटा यान जोड्ने चौथो देश बन्यो भारत « Khabarhub

अन्तरिक्षमा दुई ओटा यान जोड्ने चौथो देश बन्यो भारत


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तरिक्षमा सफलतापूर्वक दुई ओटा अन्तरिक्षयान डक गर्नेमा भारत चौथो देश बनेको छ । बिहीबार बिहान इन्डियन स्पेस रिसर्च एजेन्सी (इसरो)ले पहिलोपटक सफलतापूर्वक डकिङ गरेको हो ।

यसअघि रुस, अमेरिका र चीनले मात्र सफलतापूर्वक डक गरेका थिए । स्पेस डकिङ भन्नाले अन्तरिक्षमा दुई ओटा अन्तरिक्ष यान जोड्नु हो । यो प्रविधि भारतको भविष्यको महत्त्वाकांक्षी अन्तरिक्ष स्टेसन निर्माण र विभिन्न अन्तरिक्ष मिसनका लागि अत्यावश्यक भएको बताइएको छ ।

भारतले चन्द्रयान(४, गगन(यान जस्ता मिसन सञ्चालन गरिरहेको छ । यसअन्तर्गत चन्द्रयान–४ मिसनमा चन्द्रमाको माटोको नमुना पृथ्वीमा ल्याउने र गगन(यान मिसनमा मानिसलाई अन्तरिक्षमा पठाउने योजना छ ।

इसरोले श्रीहरिकोटाको सतीश धवन स्पेस सेन्टरबाट गत डिसेम्बर ३० मा राति १० बजे स्पेस डकिङ एक्सपेरिमेन्ट मिसन सुरु गरेको थियो ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  १० : ५६ बजे

रोगभन्दा औषधि अभावले बढी पिरोलिँदै क्यान्सरका बिरामी

काठमाडौँ- बजारमा क्यान्सर रोगको उपचारका लागि आवश्यक औषधिको चरम अभाव

आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने

काठमाडौँ – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को

महिलामाथि कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ

सिरहा– सिरहामा दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई

बाघको संरक्षणमा जोड

रौतहट– बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौँ– गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर