बहुराष्ट्रिय नौसैनिक अभ्यासमा भारतीय युद्धपोत पनि सहभागी | Khabarhub Khabarhub

बहुराष्ट्रिय नौसैनिक अभ्यासमा भारतीय युद्धपोत पनि सहभागी


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय नौसेनाले हिन्द–प्रशान्त नौसैनिक अभ्यासमा सहभागिता जनाएको छ । बहुराष्ट्रिय नौसैनिक अभ्यासमा भारतसँगै हिन्द–प्रशान्त क्षेत्रका अन्य ८ मुलुकको पनि सहभागिता रहेको छ ।

अभ्यास हिन्द महासागर र प्रशान्त महासागरलाई जोड्ने मलाक्का, सुन्डा र लोम्बोक स्ट्रेट क्षेत्रमा जारी छ । यो क्षेत्र विश्व समुद्री व्यापारका लागि निकै महत्वपूर्ण र संवेदनशील मानिन्छ ।

ला पेरोउस २५ नाम दिइएको अभ्यास गत जनवरी १६ देखि शुरु भएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार यो अभ्यास आगामी जनवरी २४ सम्म सञ्चालन हुनेछ ।

सैन्य अभ्यासका लागि भारतीय नौसेनाले आईएनएस मुम्बइ नामक युद्धपोत पठाएको छ । अभ्यासमा भारतसहित क्यानाडा, अस्ट्रेलिया, इण्डोनेशिया, फ्रान्स, मलेशिया, बेलायत, अमेरिका र सिंगापुरका नौसेनाको सहभागिता छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ४ : १५ बजे

ओलीलाई १४ महिनापछि मोदीको ‘हरियो झण्डा’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले निम्तो

पाथीभरा तस्बिर पुस्तक विमोचन

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ

पूर्वसहमतिअनुसार नै गठबन्धन सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल

तानसेन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन

एमाले झापाद्वारा बिरुवा रोपण अभियान

झापा– पर्यावरण संरक्षण र फलफूलमा परनिर्भरता घटाउने उद्देश्यले नेपाल कम्युनिष्ट

शिविरमार्फत सेवा दिँदै वडा कार्यालय

अत्तरिया– डोटीको जोरायल गाउँपालिका–५ को कार्यालयले सहरमा बसेका नागरिकलाई शिविरमार्फत