आज २०८१ साल फागुन ५ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन ५ गते सोमबारको राशिफल


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन ५ गते सोमबार फागुन कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। गुमेको सम्पत्ति प्राप्त हुनेछ। रोगविरुद्ध विजय प्राप्त हुनेछ। विपक्षीसँग सचेत भएर अगाडि बढ्नुपर्ने समय छ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम बढ्ने योग छ।

वृष : बोलीका कारण महत्त्वपूर्ण काम बन्नेछ। सञ्चित धन खर्च भए पनि इज्जत र प्रतिष्ठाको बढुवा हुनेछ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : सानो कुराले मन अशान्त बन्नेछ। खानपानको ख्याल नगर्दा रोगले सताउने छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नुपर्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

कर्कट : दिन सामान्य छ। एकल काममा भन्दा संयुक्त लगानीमा फाइदा हुनेछ। संयुक्त रुपमा गरेको कामबाट फाइदा हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्नुपर्ने दिन छ। पिपलको दर्शन मात्र गरेर दिनको सुरुवात गरेमा सफलता मिल्नेछ।

सिंह : धनलक्ष्मी योग परेको छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुहोला। विपक्षी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। भाग्यको स्थानमा बृहस्पति बसेकाले अभिभावकसँग सल्लाह लिएर अगाडि बढ्दा दिन सहज बन्नेछ।

कन्या : तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा शान्ति मिल्नेछ। विपक्षी भनेका साथीले प्रशंसा गरेको सुन्नुपर्ने दिन छ। परिवारमा रमाइलो घुमघामको तय हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

तुला : खर्च बढ्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। सहकर्मीले नै अप्ठेरो ठाउँमा धकेल्ने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : दिन सहज छ। आम्दानीको स्रोतको सदुपयोग गर्नुपर्ने समय छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गम्भीर समस्या हुनसक्छ। शिक्षाको क्षेत्रको प्रयास सफल बन्नेछ। परिवारसँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

धनु : राज्यको सेवामा भए बढुवा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। पुरानो रोगले सताउने भएकाले औषधी नियमित गर्नुपर्ने समय आएको छ। परिवारलाई मात्र विश्वास गर्दा संकट आइपर्ने जोखिम देखिन्छ।

मकरः शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। साथीसँग रमाउँदा खर्च बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा अन्त्य साढेसाती दशाको दोषबाट मुक्त हुन सकिन्छ। परिवारमा थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ।

कुम्भ : दिन सामान्य छ। मध्य साढेसाती दशाका कारण मन अशान्त बन्नेछ। गुरुसँग आर्शिवाद लिएर अगाडि बढ्नु उचित हुनेछ। धार्मिक कार्यमा सक्रिय भएर दिनको सुरुवात गर्नुपर्ने दिन छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ।

मीन : मन शान्त रहनेछ। गुरुको साथ मिल्ने योग छ। सुरुवाती साढेसाती शनिदशा चलिरहेकाले सोचेर बोल्नुपर्ने छ। सञ्चित धन खर्च हुनेछ। सन्तान सुखले मनमा खुशी मिल्नेछ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ५ : ०७ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा