आइपीएलको उद्घाटन र फाइनल खेल इडेन गार्डेनमा हुने « Khabarhub

आइपीएलको उद्घाटन र फाइनल खेल इडेन गार्डेनमा हुने


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

इडेन गार्डेन – साबिक विजेता कलकत्ता नाइट राइडर्सले आफ्नो मैदान इडेन गार्डेनमा २२ मार्चका दिन इन्डियन प्रिमियर लिग (आइपीएल)को उद्घाटन खेल आयोजना गर्दैछ।

सोही मैदानमा २५ मे मा फाइनल खेल हुनेछ। २३ मे मा दोस्रो क्वालिफयर पनि सोही मैदानमा हुनेछ।

इडेन गार्डेनमा १० वर्षको अन्तरालमा फाइनल खेल हुन लागेको हो। यसअघि सन् २०१३ र २०१५ को फाइनल खेल आयोजना भएको थियो। यो सिजनको पहिलो क्वालिफायर र इलिमिनेटरका खेल भने हैदरावादमा आयोजना हुनेछन्। गत संस्करणको उपविजेता सनराइजर्स हैदरावाद हो।

आइपीएलमा ७४ खेल हुँदैछन्। पहिले खेलमा कलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बंगलोरकाबीच प्रतिस्पर्धा हुनेछ।

भारतका विभिन्न १३ मैदानमा खेल सञ्चालन हुनेछ। १० गृह मैदानका साथ विराखपटना, धर्मशाला र गुहावटीमा पनि खेल हुनेछ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : २४ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६