ट्राफिक प्रहरीबाट सवारी जाँचमा कडाइ « Khabarhub

ट्राफिक प्रहरीबाट सवारी जाँचमा कडाइ


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१–८२ को सात महिनाको अवधिमा ७० हजार तीन सय ३१ सवारी साधनमाथि कारबाही गरेको छ ।

सो कारबाहीबाट पाँच करोड ९१ लाख ८९ हजार १३ राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाणले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गमा जडान गरिएको सीसीटिभी र रिडर गणबाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आर्थिक वर्ष २०८१–८२ को सात महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ७० हजार तीन सय ३१ सवारी साधनमाथि कारबाही गरिएको प्रहरी नायब उपरीक्षक खाणले बताए ।

यस्तै सो अवधिमा बागमती प्रदेशको १० वटा जिल्लामा भएको एक हजार दुई ५६ सवारी दुर्घटनामा एक सय ७० जनाको मृत्यु भएको छ,भने चार सय ६३ जना घाइते भएको कार्यालयले जनाएको छ ।

क्षमता भन्दा बढी यात्रु बोक्ने, तीव्रगतिमा सवारी चलाउने, बिना हेलमेट र तीन जना सवार भएर मोटरसाइकल चलाउने प्रवृति बढेकाले राजमार्ग तथा अन्य सहायक मार्गमासमेत सवारी जाँचमा कडाइ गरिएको प्रहरी नायब उपरीक्षक खाणले बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : ५७ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको