सुन चोरीको विषयमा विवाद हुँदा बालकको हत्या « Khabarhub

सुन चोरीको विषयमा विवाद हुँदा बालकको हत्या


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– दैलेखमा चोरीको सुन बिक्री गर्ने विषयमा विवाद हुँदा ११ वर्षीय बालकको हत्या भएको छ । प्रहरीले हत्यामा संलग्न दुल्लु नगरपालिकाका १४ वर्षीय र १७ वर्षीय दुई किशोरलाई नियन्त्रणमा लिएको छ ।

गत माघ २५ गते उनीहरूले बालकको हत्या गरी उनकै घरको बाँसघारी छेउमा रहेको खोला किनारमा खाल्डो खनेर पुरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए ।

बालक सम्पर्क विहीन भएपछि उनका आफन्तले इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए । सुरुमा बालक सम्पर्कविहीन हुनुअघि उनको साथमा भएका साथीहरूबारे प्रहरीले अनुसन्धान गरेको थियो ।

शनिबार नियन्त्रणमा लिई दुई बालकसँग सोधपुछ गर्दा ‘आफूहरूले चोरी गरेर सुनका गहना (तिलहरी) बिक्री गर्ने बेलामा विवाद भएको र माघ २५ गते नै हत्या गरेर घर नजिकै रहेको खोला नजिक खाल्डो खनेर गाडेको प्रहरीलाई बयान दिएका थिए ।

सोही बयानका आधारमा खोजतलास गर्दा खाल्डोमा गाडेको अवस्था शव फेला परेको प्रहरी प्रमुख दाहालले बताए ।

पक्राउ परेका दुवै किशोरलाई प्रहरीको बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ११ : ५८ बजे

सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ ।

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ