‘स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नु आवश्यक’ « Khabarhub

‘स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नु आवश्यक’


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याएका छन् ।

गोरखा नगरपालिका–१० स्थित तारानगर स्वास्थ्य चौकीमा आधारभूत स्वास्थ्य सेवाका लागि चिकित्सकीय सेवाको आज शुभारम्भ गर्दै उनले कुल बजेटको कम्तीमा १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रका लागि विनियोजन गर्नुपर्नेमा सरकार प्रयत्नशील रहेको बताए।  

‘स्वास्थ्य नागरिक, स्वास्थ्य जनशक्ति भएन भने भौतिक पूर्वाधारको उपयोग कोरा कल्पना मात्रै हुन्छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘त्यसैले पहिलो प्राथामिकता स्वास्थ्य क्षेत्रलाई दिनुपर्छ भनेर प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएको छ ।’

उनले जनताको स्वास्थ्यसँग सरकार संवेदनशील रहेको उल्लेख गर्दै किड्नीका बिरामीले डायलासिसका लागि पालो पर्खनुपर्ने बाध्यताको अन्त्य गरिएको बताए। प्रदेश सरकारले नसर्ने रोगका बिरामीको स्क्रिनिङ सेवा गाउँ गाउँमा पुर्‍याएको बताउँदै मुख्यमन्त्री पाण्डेले रोगको जोखिम पहिचान गरेर समयमै अस्पतालसम्म पठाउने गरिएको उल्लेख गरे ।

‘कम्तीमा पनि आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि नागरिक वञ्चित हुनु हुँदैन, स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकार संविधान प्रदत्त अधिकारी पनि हो’, उनले भने। जनताले विकासको माग गर्दा स्वास्थ्यमा भन्दा सडक पूर्वाधारमा बढी हुने गरेको उनको भनाइ छ ।

‘धेरै जसोको विकासका माग गर्दा बाटो र सडकको माग गरेर आउने गर्दछन्’, मुख्यमन्त्री पाण्डेले भने, ‘तर, स्वास्थ्य सेवाको गुणस्तर बढाइदिनुस्, स्वास्थ्य चौकीका लागि बजेट विनियोजन गरिदिनुस् भनेर बजेट कमैले मात्र माग्ने गरेका छन्, स्वास्थ्य क्षेत्रको विकासका लागि जनता आफैँपनि जागरूक हुनु पनि आवश्यक छ ।’

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १ : ५९ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको