भन्सार छलेको सामानसहित एक जना पक्राउ | Khabarhub Khabarhub

भन्सार छलेको सामानसहित एक जना पक्राउ


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले पौने तीन लाख मूल्य भन्दा बढीको भन्सार छलीको सामान बरामद गरेको छ। यस क्रममा मोटरसाइकल चालकसमेत पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा राजदेवी नगरपालिका-१ का तस्कर ३६ वर्षीय प्रदीप कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले बताएका छन्।

जिल्ला प्रहरी तथा मातहतको गस्ती टोलीले विभिन्न ठाउँमा चेकजाँचको क्रममा भारतबाट भित्र्याइएको २ लाख,७९ हजार ८० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक लगायतका सामान बरामद गरेको उनले बताए।

चौधरी बिआर ०६सी २७९२ नम्बरको मोटरसाइकलमा सवार थिए। उनलाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको रौतहट प्रहरीले जनाएको छ।

त्यस्तै, भारतीय बजारबाट लुकिछिपी साइकलमा राखेर रौतहटमा ल्याइएको दर्जनौँ कुखुरा प्रहरीले बरामद गरेको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  २ : २३ बजे

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ

मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम

ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको पुनरोदयसँगै उदाएको दक्षिणपन्थी राजनीतिभित्रै