भन्सार छलेको सामानसहित एक जना पक्राउ « Khabarhub

भन्सार छलेको सामानसहित एक जना पक्राउ


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले पौने तीन लाख मूल्य भन्दा बढीको भन्सार छलीको सामान बरामद गरेको छ। यस क्रममा मोटरसाइकल चालकसमेत पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा राजदेवी नगरपालिका-१ का तस्कर ३६ वर्षीय प्रदीप कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले बताएका छन्।

जिल्ला प्रहरी तथा मातहतको गस्ती टोलीले विभिन्न ठाउँमा चेकजाँचको क्रममा भारतबाट भित्र्याइएको २ लाख,७९ हजार ८० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक लगायतका सामान बरामद गरेको उनले बताए।

चौधरी बिआर ०६सी २७९२ नम्बरको मोटरसाइकलमा सवार थिए। उनलाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको रौतहट प्रहरीले जनाएको छ।

त्यस्तै, भारतीय बजारबाट लुकिछिपी साइकलमा राखेर रौतहटमा ल्याइएको दर्जनौँ कुखुरा प्रहरीले बरामद गरेको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  २ : २३ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील