नेपालगञ्जमा हात्तीपाइलेविरुद्धको औषधि सेवन सुरु « Khabarhub

नेपालगञ्जमा हात्तीपाइलेविरुद्धको औषधि सेवन सुरु


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्जमा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन सुरु भएको छ ।

वडा नं ८ बाट स्थानीयलाई सो रोगविरुद्ध औषधि सेवन गराई आम औषधि सेवन कार्यक्रम शुभारम्भ भएको हो । शुभारम्भ कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आफूले पनि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेको जानकारी दिँदै औषधि ढुक्क भएर सेवन गर्न आग्रह गरे।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा यदु चन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतीका रुपमा देखिएकाले औषधि सेवन कार्यक्रमलाई निरन्तरता दिइएको बताए।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने दिगो विकास लक्ष्य भएको बताए।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले सबैलाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न आग्रह गर्दै औषधि सेवन गर्न नआएकालाई घरघरमा पुगेर पनि औषधि सेवन गराइने बताए।

बाँकेमा अहिलेसम्म १५.३६ प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिकामा १८.४५ प्रतिशतले औषधि सेवन गरेका छैनन् । नेपालगञ्ज उपमहानगरपालिकाका कुनै पनि वडामा औषधि सेवन दर ८० प्रतिशत नपुगेको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

जिल्लाको डुडुवा र नरैनापुरमा यही फागुन ७ गतेदेखि आम औषधि सेवन अभियान सुरु हुन लागेको प्रमुख शाहीले जानकारी दिए । बाँकेमा कुल दुई लाख ५७ हजारभन्दा बढीलाई सो औषधि खुवाइनेछ ।

नेपालगञ्जमा एक लाख ६४ हजार ९६, डुडुवामा ४२ हजार १७४ र नरैनापुरमा ४२ हजार ३६९ र बैजनाथको ४ नं वडामा आठ हजार ९६२ गरी कुल दुई लाख ५७ हजार ६०१ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ३ : १३ बजे

स्ट्रेट अफ हर्मुजमा ट्याङ्कर र व्यवसायिक जहाजमाथि गोलाबारी

काठमाडौं- स्ट्रेट अफ हर्मुजमा रहेको तेल ट्याङ्कर र व्यवसायिक जहाजलाई

सिक्टा सिँचाइ आयोजना : २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

राँझा– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सुरु भएको

एक अर्ब ४७ करोड बढी राजस्व सकंलन

चितवन– गत आर्थिक वर्षमा भन्दा चालु आवमा एक अर्ब ४७

ट्रम्प धेरै बोल्छन् : इरानी उपविदेशमन्त्री

काठमाडौं- इरानी उपविदेशमन्त्री सइद खातिबजादेहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको निर्देशन, यी हुन् क्षेत्रहरू 

काठमाडौं– गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’