सौर्यजहाज दुर्घटना सम्बन्धमा संसद्को चासो, छानबिन समिति गठन « Khabarhub

सौर्यजहाज दुर्घटना सम्बन्धमा संसद्को चासो, छानबिन समिति गठन


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सौर्य जहाज दुर्घटनाका विषयमा छानबिन गर्न संसद्ले चासो देखाएको छ ।

संसद्को राज्यव्यवस्था र सुशासन समितिले उक्त दुर्घटना परेको निवेदन उपर छानबिन गर्न सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरी विशेष चासो देखाएको हो । 

आइतबार गठित उपसमितिका सांसद सदस्यहरूमा सरिता प्रसाईँ, चन्दा कार्की, दुर्गा राई र मेनका कुमारी पोखरेल रहेको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

उपसमितिलाई घटनाका सम्बन्धमा परेको उजुरीको छानबिन गरी कारबाहीको सिफारिस गर्ने अधिकार प्रदान गरिएको सभापति खतिवडाले जानकारी गराए । 

घटनाका सम्बन्धमा सौर्य जहाज दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका पत्रकार प्रकाश खतिवडाले समितिमा दुई महिना अघि नै उजुरी गरे पनि बल्ल उपसमिति बनेको हो । 

उजुरीमा खतिवडाले सौर्य जहाज घटना दुर्घटना नभई गम्भीर अपराध भएको आरोप लगाएका छन् । उजुरीमा सौर्य एयरलाइन्सको व्यवस्थापन पक्षले १२ वर्षदेखि ऊर्जा मन्त्रालयमा कार्यरत छोरी प्रिजा खतिवडा र ४ वर्षे नाति अधिराज शर्मालाई फर्जी कागजात तयार गरी एयरलाइन्सको कर्मचारी बनाएर गैरकानूनी हर्कतगरेको दाबी गरिरहेका छन् । 

दुर्घटना भएको जहाजको उडान नै गैर कानुनी रहेको, गैर व्यावसायिक ५ जनामात्र बोक्न पाउने ‘ फेरी’ उडानमा १८ जना बोकेर उनीहरूको ज्यान लिएको, सरकारी जाँच आयोग विधि मिचेर बनाइएको, आयोगले एयरलाइन्सको आर्थिक चलखेलमा नियोजित प्रतिवेदन तयार पारी घटनाका दोषीलाई उन्मुक्ति दिने प्रपञ्च रचेको आरोप लगाइएको छ ।

घटनाका सम्बन्धमा पीडित परिवारको तर्फबाट न्यायका लागि सौर्य एयरलाइन्स, नेपाल नागरी उड्डयन प्राधिकरण, प्रभु इन्सुरेन्स, नेपाल बिमा प्राधिकरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र  प्रधानमन्त्री तथा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा समेत उजुरी दिँदा पनि बेलैमा सम्बोधन नगरेर राज्यव्यवस्था र सुशासनको खिल्ली उडाएकोले थाको नपाएकोले संसद्को राज्यव्यवस्था र सुशासन समिति गुहार्न बाध्य भएको उजुरी पत्रमा उल्लेख गरेका छन् । 

खतिवडा भन्छन्, ‘एयरलाइन्स कम्पनी र सरकारी निकायले कानुनको पालना मात्र गरेको भए मैले मेरा तीन सन्तति गुमाउनु पर्ने थिएन ।’

सौर्य एयरलाइन्सको जहाज गत साउन ९ गते त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा खतिवडाको छोरी ज्वाइँ र नातिसहित १८ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनामा पाइलट मनिष शाक्य भने बाँच्न सफल भएका थिए । 

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ५ : २७ बजे

एन्फा राष्ट्रिय लिगमा एपीएफको सहज जित

काठमाडौं– एन्फा राष्ट्रिय लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लवले नव जनजागृति

मतदाता फकाउँदै रविले भने : रास्वपाले व्यापारी बोक्दैन, हाम्रा सांसद खराब परे बीचमै फिर्ता बोलाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यस पटक निर्वाचित

अदालतको फैसला र अमेरिका–चीन अन्योल

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउँदै आएका व्यापक करलाई अमेरिकी सर्वोच्च

इ-कमर्स व्यवसायलाई व्यवस्थित गर्न नयाँ निर्देशिका जारी : पोर्टलमा सूचीकरण अनिवार्य

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट हुने व्यापारलाई