चिनियाँ हतियार निर्माता कम्पनीका उपमहानिर्देशकमाथि भ्रष्टाचारको आरोप « Khabarhub

चिनियाँ हतियार निर्माता कम्पनीका उपमहानिर्देशकमाथि भ्रष्टाचारको आरोप


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा राज्यसञ्चालित एउटा रक्षा उपकरण निर्माता कम्पनीका उपमहानिर्देशकमाथि भ्रष्टाचारको आरोप लागेको छ । चीनको केन्द्रीय अनुशासन निरीक्षण आयोगले चाइना साउथ इन्डस्ट्रिज ग्रुप कर्पोरेसन (सीएसजीसी) का उपमहानिर्देशक लिउ वेइडोङमाथि छानबिन थालेको छ ।

‘कम्युनिष्ट पार्टीको अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको’ आशंकमा उनीमाथि छानबिन थालिएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । सीएसजीसी चिनियाँ जनमुक्ति सेनाका लागि रक्षा उपकरण उत्पादन गर्ने मुख्य कम्पनी हो । यो कम्पनी पछिल्ला केही वर्षयता फच्र्युन ५०० को सूचीमा पनि समावेश हुने गरेको छ ।

स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार यस कम्पनी संसारको २८ औँ ठूलो रक्षा उपकरण निर्माता पनि हो । इन्जिनियरका रूपमा आफ्नो करिअर शुरु गरेका लिउ सन् २०१८ मा उक्त कम्पनीको उपमहानिर्देशक बनेका थिए । 

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : ४८ बजे

चितवनको महाधिवेशनस्थल हिलाम्ये, सास्ती खेप्दै रास्वपा प्रतिनिधि

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको